समाचार

लिखुतामाकोशीको बार्षिक समिक्षा आ.ब. ०८१/०८२ मा ७३.२६ प्रतिशत खर्च

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको आर्थिक बर्ष ०८१/०८२ मा भएका काम, सेवा प्रवाह र कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन भएको छ । गाउँपालिकाले कुल बजेटको ७३.२६ प्रतिशत रकम खर्च गरेको छ । गाउँपालिकाको कुल बजेट ६६ करोड ५१ लाखमा ५ हजार ६ सय ५० रुपैया बजेट विनियोजन गरेकोमा ४८ करोड ७३ लाख २ हजार ९ सय ४५ रुपैंया खर्च गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा ६६ लाख ९७ हजार ६ सय ४७.४५ रुपैयाँ राजस्व उठाउन सफल भएको छ । पालिकाले ५० लाख अनुमान गरेको भन्दा राजस्व बढ्न गएको प्रशासन प्रमुख सन्तोष जिसि ले बताए ।
शुक्रबार आयोजित बार्षिक समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन सहित भौतिक पुर्वाधार शाखाहरुले उल्लेख्य प्रगति भएको प्रतिवेदन सहित प्रस्तुतिसँगै कामको शिलशिलामा आइपरेका यावत चुनौति र समस्या पनि प्रस्तुत गरेका थिए ।
पालिकाले केही महिना पहिले समिक्षा कार्यक्रम गर्ने भने पनि देशको विषम परिस्थिति र नेपालीहरुको चाडवाडका कारण समिक्षा कार्यक्रम पछि गर्नु परेको गाउँपालिका अध्यक्ष केशव महतले बताए । अघिल्लो कार्यकालमा जस्तो विवाद नभई आफ्नो कार्यकाल विवाद रहित बनेको र विकासमा पनि तुलनात्मक रुपमा सफलता हात पारेको उनले उल्लेख गरे । उनले बाँकी महत्वपुर्ण र गौरवको योजना अन्तर्गत पालिकाको भवन निर्माण आफ्नै पालामा सुरु गर्ने र पालिका जोड्ने सडक पिचको पहल गर्ने बताए ।
त्यसैगरी पालिका उपाध्यक्ष दिपा पाख्रिनले जनताको सबै अपेक्षा पुरा गर्न स्रोत साधनको कमीले नसके पनि आवश्यकताको आधारमा विकास योजना सञ्चालन गरिएको बताइन् । उनले थप सफलता र लक्ष्य प्राप्तिका लागि आफूहरू निकै सक्रिय रहेको उल्लेख गरिन्।
प्रमुख प्रशासकिय अधिकृत मातृकाप्रसाद दाहालले आफूले प्रशासनिक नेतृत्व सम्हालेको तीन महिनाको अनुभव सुनाएका थिए । उनले पहिलेको पालिकामा गरेको कामको अनुभव र क्षमताको कारण तथा यहाँको जनप्रतिनिधि र कर्मचारीको कारण काम सहज र प्रभाकारी हुदै गएको बताए । उनले कामको शिलशिलामा कर्मचारीको त्रुटि पनि औंल्याएको र सुधारको निर्देशन दिएको बताए ।
कार्यक्रममा विषयगत शाखाको प्रगति प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस प्रदेश सभा ‘क’ का क्षेत्रीय सभापति निरोज खड्का , नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि तथा राप्रपा प्रतिनिधीले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस पालिका सभापति सुन्दर खड्का , रास्वपा प्रतिनिधी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक सहित स्थानीयको सहभागिता थियो ।

Shares:

Related Posts

समाचार

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलि घरघरमा बिरामीको परीक्षण गर्दै

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा जानकारी दिन तथा नसर्न रोगका
समाचार

क्यान्सर पीडित खड्कालाई रामेछापका काँग्रेस नेताहरुले गरे नगद सहयोग

रामेछाप । नेपाली काग्रँेस रामेछापका नेताहरुले हड्डी क्यान्सर पिडित शिवबहादुर खड्कालाई नगद सहयोग गरेका छन् । मन्थली नगरपालिका ३ कठजोर निवासी शिवबहादुर खड्का विगत केहि समय देखि हड्डी क्यान्सरबाट पीडित
समाचार

रामेछाप नगरपालिकाका ९ वटै वडा एकैसाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाका ९ वटै वडा मंगलबार एकैसाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन्। नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै आएको प्रगतिको आधारमा वडा नं १ गोठगाउँ,
समाचार

सोलुखुम्बुमा हिमपात, भकान्जे लप्सु हुँदै लामजुरा सडक अवरुद्धसोलुखुम्बु । सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु

Leave a Reply

Your email address will not be published. Required fields are marked *