अन्यसमाचार

सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको सेवा आब आफ्नै नयाँ भवन बाट

रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापको भवन उद्घाटन भएको छ । तामाकोसी सेवा समिति परिसरमा निर्माणाधिन भवन भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको संयुक्त लगानीमा निर्माण गरिएको हो ।
अब तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापकोे सबै सेवाहरु नयाँ भवनबाट सुचारु हुनेछ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ र तामाकोशी सेवा समितिको सहकार्य र क्योर ब्लाईन्डनेस प्रोजेक्टको सहयोगमा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछाप संचालनमा रहेको छ । करिब डेढ करोडमा बनेको भवनको ५५ प्रतिशत भिजन हिमालय फाउण्डेसनको र बाकीँ लगानी तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रका अध्यक्ष डा. सुमन कर्माचार्यले जानकारी दिए ।

नवनिर्मित दुई तले भवनको उद्घाटन (आज) बिहिबार भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्डका उपाध्यक्ष डा. रोमन ग्रेम्जरले गरे । उद्घाटन अघि आयोजित पत्रकार सम्मेलनमा ग्रेम्जर सन् १९९६ मा पहिलोपटक नेपाल आएको स्मरण गर्दै त्यस यता तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्यमा विभिन्न स्थानमा आँखा उपचार शिविर सञ्चालन गर्दै आएको बताए । ग्रेम्जरले फाउण्डेसनले नेपालको दुर्गम क्षेत्रका समुदायमा आँखा स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ निरन्तर सहयोग गरिरहेको जानकारी दिएका थिए ।
तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम संयोजक डा. मोहनकृष्ण श्रेष्ठले रामेछापमा तामाकोसी सेवा समितिसँगको साझेदारीमा २४ वर्षदेखि आँखा उपचार सेवा प्रदान गर्दै आएको जानकारी दिए । श्रेष्ठले २४ वर्षको अवधिमा रामेछापमा मात्र एक लाखभन्दा बढी बिरामीले तिलगंगा प्रतिष्ठानको सेवाबाट लाभान्वित भएको जानकारी दिए । डा. श्रेष्ठका अनुसार काठमाडौं बाहिर नुवाकोट र धादिङपछि रामेछापमा बनेको यो तेस्रो स्थायी आँखा सर्जिकल भवनको माथिल्लो तला बाट शल्यक्रिया सेवा मात्र दिने छ ।
श्रेष्ठका अनुसार तिलगंगा आखा प्रतिष्ठान केन्दको शाखा २६ वटा आखा उपचार केन्द्र छन् जसमा १४ सर्जिकल सामुदायीक आखा उपचार केन्द्र (शल्यक्रिया समेतको सेवा) र १२ वटा सामुदायिक आखा केन्द्र (सामान्य उपचार) संचालनमा रहेका छन् ।
प्रतिष्ठानले आँखा स्वास्थ्यका क्षेत्रगत कार्यक्रम अन्तर्गत दृष्टिविहीनता निवारण, आँखाको रोग पहिचान, शल्यक्रिया, प्रशिक्षण, समुदायस्तरको जनचेतना, अनुसन्धान र सामाजिक साझेदारी लगायतका मुख्य ६ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नयाँ भवनले जिल्लामा गुणस्तरीय आँखा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने छ । आँखा केन्द संचालनमा आएदेखी रामेछाप लगायत छिमेकी जिल्लाहरुका बिरामीले सहज रुपमा सेवा पाउँदै आएका छन ।

Shares:

Related Posts

समाचार

जनाताको आखाँमा छारो हाल्दै निर्माण व्यवसायी खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग गर्दै

रामेछाप । मन्थली–रामेछाप सडक मर्मत कार्य गुणस्तरहीन भएको पाइएको छ । मन्थली–रामेछाप सडक मर्मतको ठेक्का पाएको ठेकेदार कम्पनी शंकर–सिम्रन–प्रथमा जे.भि.ले मर्मत कार्यमा लापरबाही गरी गुणस्तरहीन काम गर्दै आएको छ ।शंकर–सिम्रन–प्रथमा
समाचार

जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष महत दुरागाउँमा, जनता भए खुशी

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय
समाचार

रामेछापका प्रहरी प्रमुख डीएसपी भट्टलाई पूर्ण शान्ति पुरस्कार

काठमाडौँ– नेपाल प्रहरीका डीएसपी (प्रहरी नायब उपरीक्षक) भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा रामेछापका प्रहरी प्रमुख भट्ट पूर्ण शान्ति पुरस्कार बाट
समाचार

बागमतीको बजेटमा फेरि उपेक्षित रामेछाप, जिल्ला वासी निराश, मौन बसे प्रदेश सांसदहरू

रामेछाप, असार ३ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट भाषण सोमबार सार्वजनिक भयो । तर, उक्त बजेटमा रामेछाप जिल्ला फेरि पनि उपेक्षित देखिएको छ। सडक, स्वास्थ्य, शिक्षा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *