समाचार

रामेछाप नगरपालिकाकोे आर्थिक वर्ष २०८१÷८२ मा बजेट खर्च ८३ प्रतिशत

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा आफ्नो कुल बजेटको ८३.०७ प्रतिशत मात्रै खर्च गरेको छ। आइतबार नगरपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले प्रस्तुत गरेको प्रतिवेदन अनुसार चालु तर्फ रु ४४ करोड १८ लाख ५ हजार ८ सय ७६ र पुँजीगत तर्फ रु १९ करोड ६९ लाख ५५ हजार ९ सय ६८ गरी कुल रु ६३ करोड ८७ लाख ६१ हजार ८ सय ४५ बजेटमध्ये ८३.०७ प्रतिशत मात्र खर्च भएको उल्लेख गरिएको छ।
समीक्षा कार्यक्रममा सामाजिक विकास, सुशासन तथा संस्थागत विकास र पूर्वाधार विकास शाखा अन्तर्गतका विभिन्न योजना तथा कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो। रिपोर्ट अनुसार नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सरसफाइ र डिजिटल प्रशासनजस्ता क्षेत्रमा केही उल्लेख्य प्रगति गरेको भए पनि ठूला पूर्वाधार विकासका परियोजनाहरू भने सुस्त गतिमा अघि बढेका छन्।
प्रमुख प्रशासकीय अधिकृत चापागाईँले योजना सम्झौता ढिलो हुने, ठेक्का प्रक्रिया समयमा पूरा नहुनु र ‘असार मसान्तमै काम सक्नुपर्ने’ सोचका कारण लक्ष्यअनुसारको प्रगति हासिल गर्न कठिनाइ भएको बताए । उनले भने, “हाम्रो प्रशासनिक संरचनाले योजना कार्यान्वयनका क्रममा झन् द्रुत र दक्ष प्रणाली आवश्यक भएको देखिएको छ। स्थानीय तहको कार्यक्षमता बढाउन प्राविधिक र जनशक्ति दुवै सुदृढीकरण गर्नुपर्नेछ।”
कार्यक्रमको अध्यक्ष रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बजेट खर्चको स्तरले नगरको वित्तीय अनुशासन र पारदर्शिता सुनिश्चित भएको बताउँदै अझ प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, “हामीले वित्तीय व्यवस्थापनमा पारदर्शिता कायम गर्न सफल भएका छौँ। अब हाम्रो प्राथमिकता योजना कार्यान्वयनमा समयसीमा र गुणस्तर दुवै पालनामा रहनेछ।”
प्रमुख आतिथि जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना (खड्का) कार्कीले नगरपालिकाको ८३ प्रतिशत खर्चलाई ‘ठिकठाक उपलब्धि’ भन्दै आगामी वर्षमा ९० प्रतिशतभन्दा बढी खर्च कार्यान्वयन गर्ने लक्ष्य लिन सुझाव दिईन्। उनले भनिन्, “अब योजना समयमै सम्झौता गर्नुपर्छ, ठेक्का प्रक्रिया पारदर्शी बनाउनुपर्छ र नागरिकको अपेक्षाअनुसार नतिजा देखिने गरी काम गर्नुपर्छ।”
उप प्रमुख बालकुमारी कार्कीले बजेट खर्चले मात्र नगरको सफलता मापन नहुने बताउँदै समग्रमा सामाजिक र पूर्वाधार विकासको प्रभावजन्य मूल्याङ्कन गर्नुपर्नेमा जोड दिईन् । कुनै योजना समयमै सकियो वा सकिएन भन्नेभन्दा पनि त्यसले जनजीवनमा कस्तो प्रभाव पा¥यो भन्ने कुरालाई मापन गर्नुपर्ने हो।, उनले भनिन् ।
समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेले नगरपालिकाको बजेट खर्च दर र योजनाको प्रभावकारितामाथि प्रश्न उठाउँदै नागरिकस्तरमा जानकारी प्रवाह अझ पारदर्शी बनाउन सुझाव दिए । उनले भने, “नगरपालिकाले खर्च विवरण अनलाइन प्रणालीमार्फत अद्यावधिक गर्ने हो भने जनविश्वास अझ बढ्नेछ।”
समीक्षा कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले बजेट खर्चलाई सुधार गर्न योजना तयार गर्ने, स्थानीयस्तरमा समस्या पहिचान गरेर दीगो समाधानका कार्यक्रम ल्याउने र नगरको विकासलाई दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउने सुझाव दिए।

Shares:

Related Posts

समाचार

नेपाल रेडक्रस रामेछापले ब्लड बैैंकका लागि सहयोग गर्न माग

रामेछाप । नेपाल रेडक्रस रामेछापले सञ्चालन गरिरहेको ब्लड बैकको लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरेको छ । ब्लड बैङ्कका लागि आवश्यक पर्ने एउटा फ्रिज उपलब्ध गराउन रेडक्रसले वाग्मती प्रदेश
समाचार

विकासका लागि आफूले आफ्नो र अर्काको नभनी निष्पक्ष भएर भूमिका निर्वाह गर्छु, राज्यमन्त्री तामाङ

रामेछाप । राज्यको कुनै पनि संयन्त्र लाई मन्त्री हुनुवित्तिकै मागे जति बजेटको व्यवस्था हुन्छ भन्ने मानसिकता बाट मुक्त रहन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) ले आग्रह गरे ।
अन्य

सरकार र सुनचाँदी व्यवसायीबीच सहमती आज बाट सुनचाँदी पसलहरु संचालन हुने

काठमाण्डौ – सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।हिजो असार २६ गते अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति भएको हो । यस सहमति
समाचार

क्यान्सर पीडित खड्कालाई रामेछापका काँग्रेस नेताहरुले गरे नगद सहयोग

रामेछाप । नेपाली काग्रँेस रामेछापका नेताहरुले हड्डी क्यान्सर पिडित शिवबहादुर खड्कालाई नगद सहयोग गरेका छन् । मन्थली नगरपालिका ३ कठजोर निवासी शिवबहादुर खड्का विगत केहि समय देखि हड्डी क्यान्सरबाट पीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *