समाचार

आज मुख्यमन्त्री बानियाँका बालमैत्री रामेछाप नगर घोषणा गर्न आउनु हुदैँ

रामेछाप । रामेछाप नगरपालिका (आज) शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तयारीका सम्पूर्ण काम सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले जानकारी दिएका छन् । रामेछाप बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने नगरपालिका–८ को टुँडीखेलमा विशेष स्टेज बनाई आकर्षक ढंगले सजावट गरिएको छ ।
घोषणा समारोहका लागि मूल आयोजक समिति सहित १० वटा उपसमितिहरू गठन गरिएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा ३ हजारभन्दा बढी नागरिकको सहभागिता रहने अपेक्षा गरिएको छ ।
रामेछाप नगरपालिकाले २०७८ फागुन २ गतेदेखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्दै बाल अधिकारका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको हो । यसअघि नगरपालिकाका सबै ९ वटा वडाहरू जेठ २७ गते एकैसाथ बालमैत्री घोषणा भइसकेका थिए । जिल्लामा यसअघि मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेको छ ।

Shares:

Related Posts

समाचार

ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन, सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

सोलुखुम्बु पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक
समाचार

बन्दै गरेको पक्की पुल भाँचियो

रामेछाप । जिल्लाको मन्थली नगरपालिका - ६ कुनौरी र वडा न. ७ ठेडिखोला जोड्ने पक्की पुल भाँचिएको छ । निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै तामाकोशी नदिमा बन्दै गरेको पुल भाँचिएको
समाचार

एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित

रामेछाप । एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित भएका छन् । आन्दोलन स्वरूप शिक्षकहरूले शिक्षा तथा समन्वय इकाई रामेछापमा ज्ञापन पत्र बुझाएका छन् । उत्तर पुस्तिका परीक्षण बापतको रकम
समाचार

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ द्धरा जिल्ला प्रहरी कार्यालयलाई पुस्तक हस्तान्तरण

फाल्गुण २ रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा रामेछापले जिल्ला प्रहरी कार्यालय रामेछापलाई पुस्तक हस्तान्तरण गरेको छ । ११ औँ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर महासंघले

Leave a Reply

Your email address will not be published. Required fields are marked *