अन्य

चिकित्सालयले नागरिकको विश्वास बढ्दो देखिए पछि भौतिक पूर्वाधार अभावमा मन्थली अस्पतालको पुरानो भवनबाट सेवा दिने

रामेछाप । आर्थिक वर्ष २०८०÷८१ मा ३० हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले अब मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गर्दैछ। नागरिकको विश्वास बढ्दो देखिएसँगै चिकित्सालयले भौतिक पूर्वाधार अभावकै बीच सेवा विस्तारको पहल थालेको हो।
बिहीबार मन्थलीमा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा चिकित्सालयका अध्यक्ष नवराज पथिकले अस्पतालको पुरानो भवनबाटा असार २५ गतेदेखि सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । “त्यस दिन रामेछाप जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुँदैछ र बागमती प्रदेशका स्वास्थ्य मन्त्रीको पनि आगमन हुने भएकाले, सोही दिन नयाँ स्थानबाट सेवा शुभारम्भको योजना छ,” उनले भने ।
मन्थली नगरपालिकाले हालको लागि अस्पतालको खाली भवन प्रयोग गर्न स्वीकृति दिएको र अहिले सरसफाइ तथा विद्युतीय वायरिङको काम भइरहेको अध्यक्ष पथिकले बताए। हाल चिकित्सालयसँग २ रोपनी मात्र जग्गा भए पनि कम्तीमा ६ रोपनी आवश्यक पर्ने मापदण्ड अनुसार थप जग्गा प्राप्तिका लागि पहल भइरहेको समेत अध्यक्ष पथिकले जानकारी दिए ।


चिकित्सालय प्रमुख डा. पुनम नेपालका अनुसार, आयुर्वेदप्रति जनविश्वास बढ्दो छ। “आधुनिक औषधिको विकल्पका रूपमा आयुर्वेद रोज्नेको संख्या बढ्दैछ,” उनले भनिन् ।
पत्रकारहरूले कार्यक्रमका क्रममा संरचनागत चुनौती, जनविश्वास विस्तार र सेवा प्रभावकारिता सुनिश्चित गर्न सुझावसमेत प्रस्तुत गरेका थिए।

Shares:

Related Posts

अन्य

भ्रम फैलाउनेलाई सप्रमाण उपस्थित हुन दोरम्बा शैलुङ गाउँपालिका दियोले चुनौती

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ मा निर्माणाधीन गाल्बा–दोरम्बा सडकअन्तर्गत शान्ति पार्क क्षेत्रलाई लिएर अफवाह फैलिएको भन्दै गाउँपालिकाले कडा प्रतिवाद जनाएको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत गाउँपालिकाले सडक निर्माण कार्य
अन्य

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् । क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा
अन्य

हप्ताको सोमबार नियमित रूपमा निःशुल्क होलबडि जाँच

रामेछाप । रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीमा हरेक हप्ताको सोमबार नियमित रूपमा निःशुल्क होलबडि जाँच हुने गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकताको सो कार्यक्रम मुख्यमन्त्री
अन्य

शिविरमा ११९ जनाले लिए सेवा

रामेछाप । तामाकोशी अस्पताल मन्थलीमा मुटुको इको र पेट सम्बन्धी इन्डोस्कोपी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार (२४ गते ) भएको स्वास्थ्य शिविरमा मुटुको इको ७७ जना र पेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *