रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।
शनिबार साँझ विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि भएको सैपुका वडाअध्यक्ष सन्तोष पौडेलले जनाएका छन् । आगलागिबाट घरमा भएका सवै सामान जलेका छन् ।
घरमा आगो लागेपछि डुढमा रहेका मौरी विच्कीएर घरधनी चन्दबहादुर पौडेल माथि खनिएका थिए । सयौं मौरीले चिलेपछि पौडेल बेहोस भएका छन् । वडाअध्यक्ष पौडेलका अनुसार उनलाई उपचारका लागि मन्थली अस्पतालमा उपचार भई रहेको छ ।
विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि
Shares: