समाचार

नेपाली काँग्रेस रामेछापले जिल्ला सम्मेलनको तोक्यो मिति

नेपाली काँग्रेस रामेछापले ३ महिना भित्र पार्टीका विभिन्न तहका सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीको अध्यक्षतामा आइतबार पार्टी कार्यालय मन्थलीमा सम्पन्न नेपाली काँग्रेस जिल्ला कार्य सम्पादन समितिको बैठकले आगामी जेष्ठ महिना भित्र जिल्लाका सवै तहका सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले यहि चैत्र २३ गते जिल्लाका सवै वडाहरुमा वडा सम्मेलन गर्ने निर्णय गरेको छ । जिल्लाभरीको वडा सम्मेलन एकैदिन सम्पन्न गर्ने भएकाले बैठकले जिल्लाका ६४ वटा वडाहरुमा सम्मेलनका लागि जिल्ला प्रतिनिधिहरु समेत तोकेको छ ।
यसैगरी बैठकले आगामी बैशाख ९ गते जिल्लाका ८ वटै स्थानीय तहको सम्मेलन गर्ने मिति तय गरेको छ । बैठकले बैशाख २७ गते प्रदेश क र ख को सम्मेलन तथा जेष्ठ २३ र २४ गते जिल्ला सम्मेलन गर्ने गरी मिति तय गरेको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।
नेपाली काँग्रेसको बिधान अनुसार हरेक बर्ष सम्पन्न गर्नु पर्ने बिभिन्न तहका सम्मेलनहरु यस बर्ष जेष्ठ महिना भित्र सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेको नेपाली काँग्रेस रामेछापका कार्यबाहक सभापति कार्कीले बताए । बैठकले जेष्ठ मसान्तसम्ममा नेपाली काँग्रेस रामेछाप काठमाण्डौं सम्पर्क समितिको अधिवेशन समेत सम्पन्न गर्ने निर्णय गरेको छ ।

Shares:

Related Posts

समाचार

भयो सहमति रामेछाप बजार सडक कालोपत्रे हुने बाटो खुल्यो

रामेछाप — लामो समयदेखि अवरोधका कारण रोकिएको सेलेघाट–रामेछाप–साँघुटार सडक अन्तर्गत रामेछाप बजार क्षेत्रको सडक कालोपत्रे गर्ने काम अब अघि बढ्ने भएको छ।सडक विस्तारका क्रममा मापदण्ड क्षेत्रभित्र पर्ने अधिकांश घरटहरा भत्काइसकिएको
समाचार

लिखु तामाकोशी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व २०८१÷०८२ को दोस्रो चौमासिक अवधि सम्म प्रवाह भएको सार्वजनिक सेवा सुविधाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई शुक्रवार धोबीबजारमा सम्पन्न भएको छ । लिखु तामाकोशी
समाचार

संघीय कानुन हुदाँहुदै नगरपालिकाको कार्यविधिमा प्रधानाध्यापक नियुक्ति गर्दै

रामेछाप । शिक्षा नियमावली २०५९को नियम ९३ ले विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ। तर मन्थली नगरपालिकाले संघीय कानुन सँग बाझ्ने गरी प्रधानाध्यापक व्यवस्थापन
समाचार

वडा नं ७ सुकाजोरले ५ सय बढी घरपरिवारको निशुल्क गर्यो स्वास्थ्य बिमा

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले निशुल्क नागरिकहरुको स्वास्थ्य बिमा गरेको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सय भन्दा बढी घरपरिवारको स्वास्थ्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *