समाचार

मन्थलीे नगर स्तरीय ८ औँे राष्ट्रपति रनिङ शिल्ड मन्थली माविले जित्यो

रामेछाप । मन्थली नगर स्तरीय ८ औँे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले हात पारेको छ ।
गएको बिहीबार देखि मन्थली मा वि को खेल मैदानमा भएको विभिन्न विधामा ६६ स्वर्ण, ६६ रजत र ७९ काश्यसहित २११ पदकको लागि भएको प्रतियोगीतामा मन्थली मा वि ले ३४ वटा स्वर्ण २९ रजत र १७ काश्य सहित कूल ८० पदक जितेको छ । त्यस्तै तामाकोशी बोर्डिङ स्कुल ११ वटा स्वर्णसहित १४ रजत र १६ कांस्य गरी ४१ पदक ल्याई दोस्रो भएको छ ।
विजेता मन्थली माविले नगद ४० हजारसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ११ वटा स्वर्णसहित १४ रजत र १६ कांस्य गरी ४१ पदक जितेको तामाकोशी बोर्डिङ स्कूलले नगद २५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
निलकण्ठेश्वर मावि कठजोरले नगद ५ हजारसहित सान्त्वना पुरस्कारमा चित्त बुझाएको छ । केब्सले ७ स्वर्ण, ३ रजत र ६ कास्य गरी कूल १६ वटा पदक जितेर तेस्रो बन्दा ४ स्वर्ण, ७ रजत र ५ काश्यसहित १६ पदक जितेर निलकण्ठेश्वर सान्त्वना बनेको हो ।
मन्थली नगरपालिका वडा नं १४ को कालीदेवी मावि र बौद्ध मावि, वडा नं १२ गेलुको शारदा मावि र वडा नं १० चनखुको सरस्वती माविले कुनै पदक पनि हात पार्न सकेनन् ।
सम्पन्न प्रतियोगीतामा विजेता खेलाडीहरूलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, मन्थलीमा माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठसहितले संयुक्त रूपमा नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

Shares:

Related Posts

समाचार

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँ

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँरामेछाप । रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले
समाचार

रामेछापमा घर फोडेर चोरीगर्ने एकै दिन दुई स्थानबाट तिन चोर पक्राउ

रामेछाप — घर फोडेर नगद, सुन र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनापति शैलुङ गाउँपालिका–४ का २९ वर्षीय आटी तामाङ र ३७ वर्षीय
समाचार

भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मन्थली नगरपालिका–२ कठजोरस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण गरेका छन्।शुक्रबार विद्यालय परिसरमै आयोजित एक विशेष
समाचार

हुलाक सेवा विभागको सेवामा अविश्वासको डंगुर

रामेछाप । सरकारी सेवा जनताको भरोसामा टिकेको हुन्छ। तर भरोसा चर्किएको बेला भाषणले मात्र टाल्न सकिँदैन। यही यथार्थ प्रष्ट देखियो मन्थलीमा आयोजित ‘हुलाक सेवा सम्बन्धी स्थानीय तहसँग अन्तक्र्रिया’ कार्यक्रममा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *