समाचार

बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ५ जना घाइते, ५ महिले बालिका भने सकुशल

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
रामेछापको सदरमुकाम मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो सुनारपानीको भदौरे डाडा भन्ने स्थानमा सडक बाट करिब २०० मिटर तल झर्दा दुर्घटना भएको हो । आइतबार दिउँसो २:०० बजेको समयमा बोलेरो दुर्घटनामा परी मन्थली नगरपालिका वडा नं ४ सालुका वडा सदस्य पदम माया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ ।
दुर्घटनामा परि ५ जना घाइते भएका छन । घाइतेहुनेहरुमा मन्थली नगरपालिका ४ की सिता नेपाली , सोही स्थानका सुजिता रसाइली, सरिता नेपाली, दिलिप कुमार बरुवाल र बोलेरो चालक गुण कुमार थापा मगर रहेका छन् ।
५ महिने बालिका भने सकुशल रहेको बताइएको छ । गम्भिर घाइते दिलिप कुमार बरुवाल र बोलेरो चालक गुण कुमार थापा मगरलाई थप उपचारको लागी काठमाण्डौँ पठाइएको छ भने अन्य ३ जनाको मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदिप कुमार सिंहले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Shares:

Related Posts

समाचार

उमाकुण्ड गाउँपालिकाले गाउँमै नागरिकलाई सुविधा दिँदै

रामेछाप । उमाकुण्ड गाउँपालिकाले नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।गाउँपालिकाका सात वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने लक्ष्यका साथ उमाकुण्ड
समाचार

खोलाखर्क जग्गा अतिक्रमणबारे छानबिन सुरु, दोरम्बा शैलुङ गाउँपालिकासँग आवश्यक कागजात माग

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–१, खोलाखर्कस्थित सार्वजनिक जग्गामा अतिक्रमण भएको भन्ने उजुरीका आधारमा सब डिभिजन वन कार्यालय दोरम्बाले गाउँपालिकासँग आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ ।जिल्ला प्रशासन कार्यालय रामेछाप
समाचार

यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या
समाचार

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँ

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँरामेछाप । रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *