समाचार

सुमो दुर्घटना हुदाँ तीन जना घाइते

रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं. ९ पिङ्गखुरी , वरबोटमा सुमो दुर्घटना भएको छ । आज (आईतबार) बिहान अन्दाजी ०६ः५० बजेको समयमा खाँडादेवी गाउँपालिका ९ पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो दुर्घटना भएको हो । दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा वर्ष २४ का दिपेन्द्र भण्डारी, वर्ष १६ की एलिसा भण्डारी र वर्ष १४ की एमुना भण्डारी रहेका छन् । घाइते दिपेन्द्र भण्डारीको छाती र मुखमा चोट देखिएकोले उपचारका लागी बिएण्डबी अस्पताल पठाइएको छ, भने अन्य २ को आस्था सामान्य रहेका जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
वर्ष २२ का चालक विष्णु भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको सुमो सडकबाट अन्दाजी ३५ मिटर तल खसेको छ ।

Shares:

Related Posts

अन्य

विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर
समाचार

मोटरसाईकलको ठक्करबाट घाइते बालकको उपचारको क्रममा मृत्यु

रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ मानेडाँडा भन्ने स्थानमा मोटरसाईकलको ठक्करबाट गम्भिर घाइते भएका ७ वर्षका बालक मुराज खानको मृत्यु भएको छ । उपचारका क्रममा धुलिखेल अस्पतालमा आइतबार विहान
समाचार

सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ रामेछाप शाखा द्वारा आर्थिक सहयोग

रामेछाप । गत चैत १५ गते राजावादी प्रदर्शनको क्रममा काठमाडौँको तीनकुने स्थित एक घरमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ रामेछाप शाखाले आर्थिक सहयोग गरेको छ
समाचार

बागमतीको बजेटमा फेरि उपेक्षित रामेछाप, जिल्ला वासी निराश, मौन बसे प्रदेश सांसदहरू

रामेछाप, असार ३ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट भाषण सोमबार सार्वजनिक भयो । तर, उक्त बजेटमा रामेछाप जिल्ला फेरि पनि उपेक्षित देखिएको छ। सडक, स्वास्थ्य, शिक्षा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *