समाचार

माझी जातिको उत्थानका लागी मझेसाबा पुनर्गठन हुदैं

रामेछाप । माझी जातिको उत्थानका लागी मझेसाबा पुनर्गठन गरिएको छ । मझेसाबालाई हालको युवा पुस्ताले क्रियाशील बनाउँदै माझी जातिको उत्थान र सशक्तीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले मझेसाबा पुनर्गठन गरिएको हो । यस अघि मौखिक रूपमा नै मझेसाबा चल्दै आएको थियो ।
माझी समुदायको बाहुल्यता रहेको जिल्लाका रामेछाप नगरपालिका, मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका विभिन्न स्थानमा मझेसाबाको पुनर्गठन गरिएको छ ।
गत माघ २० गते आदिवासी जनजाति महासंघ जिल्ला संयोजक श्रीबहादुर माझीको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरी क्रियाशील बनाउने निर्णय गरेको थियो । सोही अनुसार फागुन १ गतेदेखि फागुन ८ गते सम्ममा जिल्लाको माझी समुदायको बाहुल्यता रहेको सबै जसो स्थानमा समिति गठन गरिएको हो ।
रामेछाप नगरपालिकाको वडा नं ९ राताटार र हर्देनी, मन्थली नगरपालिका वडा नं ६ सेलेघाट लगायतका स्थानमा समितिको गठन गरिएको छ ।
खाँडादेवी गाउँपालिका वडा नं १ लुभुघाट, कोथबे सित्खा, डफ्खा पुछिघाटमा, खाँडादेवी वडा नं ४ को रजगाउँ र मन्थली नगरपालिका वडा नं ६ को भटौली, मुगिटार र वडारेमा, वडा नं ८ जखनीटार, गाईखुरा, वडा नं २ करमबोट र वडा नं १ मन्थलीमा पनि समितिको गठन गरिएको छ । वडा नं ६ को नवुघाट, मसानटार, हात्तिटार र कुनौरीमा पनि मझेसाबा पुनर्गठन गरिएको मझेसाबाका जिल्ला सदस्य बालकृष्ण माझीले बताए ।

Shares:

Related Posts

समाचार

एक हप्ता देखि अवरुद्ध रहेको मन्थली –किर्ने –चरिकोट –काठमाडौँ सडक खुल्यो

रामेछाप १६ असोज । एक हप्ता देखि अवरुद्ध रहेको मन्थली –किर्ने –चरिकोट –काठमाडौँ सडक खुलेको छ । बुधवार रामेछाप जिल्लाका जन प्रतिनिधि र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ
समाचार

सेतीदेवी आ वि सिम्लेमा खानेपानी अभाव भयो पुरारामेछाप । रामेछाप नगरपालिका वडा नं ७ शुकाजोर सिम्लेमा रहेको श्री सेतिदेवी आधारभूत विद्यालयमा खानेपानीको अभाव पुरा भएको छ । स्थापना काल देखिनै
समाचार

नुहाउने क्रममा लिखुकोशिमा डुबेर एक किशोरको मृत्यु

लिखुकोशिमा पर्ने जलजले वेसीमा नुहाउने क्रममा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । बिहिबार दिउँसो १२ः १५ बजे नुहाउदै गर्दा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम
समाचार

स्वास्थ्य शिविरमा ९ सय जनाले लिए २ हजार बढी सेवा

रामेछाप । रामेछाप अस्पतालमा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिविरमा ९ सय जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार सम्पन्न भएका शिविरमा ५ सय १३ जना पुरुष

Leave a Reply

Your email address will not be published. Required fields are marked *