रामेछाप । रामेछाप जिल्लामा उपमेयर्स फोरम गठन गरिएको छ । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतलाई फोरमको संयोजकत्व चयन गरेको छ ।
मन्थली नगरपालिकामा भएको न्यायिक समितिको अन्तरपालिका स्तरीय बैठकमा बस्नेतको संयोजकत्व ८ सदस्यीय समिति गठन गरेको हो ।
फोरमको सहसंयोजकमा रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की चयन भएकी छिन् । फोरमको सदस्यहरूमा सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट, दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगर, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ र लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रिन चयन भएका हुन् ।
स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले स्थानीय तहमा सम्पादन गर्ने कामहरूको अनुभव आदान प्रदान गर्ने मुख्य उद्देश्य राखेर फोरम गठन गरेको हो । फोरम गठन पश्चात् ‘न्यायिक सम्पादन, राजश्व संकलन, संघसंस्था समन्वय, अनुगमन जस्ता विषयगत समितिका कामहरूमा अन्य स्थानीय तहबाट अनुभवहरू बटुल्न सहज हुने मन्थली नगरपालिका उपप्रमुख एवम् फोरमका संयोजक बस्नेतले बताइन् ।
ईश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन,
Shares: