अन्यअर्थ

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् ।

क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा उज्वल सुवेदीले ६० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्दी गठवन्धनका उम्मेदवार नवजार घिमिरेले ५५ मत मात्रै प्राप्त गरेका थिए । त्यसैगरी क्याम्पस संञ्चालक समितिको सदस्य पदहरुमा युवराज सुुवेदीले ९४ मत, दीपक प्रसाईले ८२ मत, रामचन्द्र अधिकारीले ६८ मत र नविन केसीले ६४ मत प्राप्त गरी विजयी भएका छन् ।

यसबाहेक सावित्रि घिमिरे (काफ्ले) भने निर्वाचन प्रक्रिया अघि नै निर्विरोध निर्वाचित भएकी थिइन । सदस्य पदमा उम्मेदवार दिएकाहरु मध्ये रमेश कुमार उदाशले ५२ मत र शान्ता सुुवेदीले ५० मत प्राप्त गरी पराजित भएका थिए । क्याम्पस संञ्चालक समितिमा ६ जना निर्वाचित र ४ जना मनोनित साथै अन्य ९ जना पदेन सदस्य रहने गरी १९ जना रहने प्रावधान रहेको छ ।

Shares:

Related Posts

समाचार

दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता २०८० शुरु

रामेछाप , २३ माघ । मन्थली नगरपालिकाले द्धारा आयोजीत दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता–२०८० आज बाट सदरमुकाम मन्थलीमा शुरु भएको छ ।मन्थली नगर खेलकुद विकास समितिको संयोजनमा
समाचार

यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या
समाचार

काँग्रेस–काँग्रेस बिच झडप, २ जना घाइते

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ८ स्थित गाल्बा बजारमा शनिवार नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । रामेछाप काँग्रेसका नेताहरू रामचन्द्र खड्का, भरत चौलागाँई र जीतबहादुर मगर
समाचार

रामेछापका स्थानियतहहरुले मनाए धान दिवस

रामेछाप । कृषि प्रधान देश नेपालमा ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाइने असार १५ गते रामेछाप जिल्लाका सबै स्थानीय तहमा विविध कार्यक्रमसहित धान दिवस उल्लासपूर्वक मनाइएको छ।जिल्लाका ८ वटा स्थानीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *