समाचार

थालियो बीपी राजमार्गमा थप मर्मतका काम

काभ्रेपलान्चोक । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो ।
बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार तीनवटा मेसिनले मर्मत गरिरहेको छ भने अन्य ‘स्टेशन’मा मेसिनलाई ‘स्ट्याण्डबाई’ राखिएको छ । कार्यालय पाँच दिन लगातार बाढीले कटान गरेको तथा बगर बनेको सडक बनाउन खटेको थियो ।
राजमार्गको क्षतिग्रस्त १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग शनिबारदेखि खुलाइएको हो । शनिबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको कार्यालयले जनाएको छ । शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्र्याक’ खोली सकेर परीक्षण गरिएको थियो ।
योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार स्थानलगायत माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी पूर्ण रुपमा यातायात सञ्चालन गरिएको बताए । राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । कार्यालयले उक्त क्षेत्रमा सवारी साधन चलाउँदा चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउनसमेत अपिल गरिरहेको छ ।
कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्र्याक खुलाएको थियो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । सोही क्षेत्रमा गत साल असोजको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो ।
पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो ।

Shares:

Related Posts

अन्य

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् । क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा
समाचार

सोलुखुम्बुमा हिमपात, भकान्जे लप्सु हुँदै लामजुरा सडक अवरुद्धसोलुखुम्बु । सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु
समाचार

अघिल्लो जनप्रतिनिधिले बाँढेका अनुदान पचाए जसरी अब सर्लक्कै पचाउन दिने छैनौँ – अध्यक्ष काजीबहादुर

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८१÷८२ मा व्यवस्थित कार्यविधि बनाई अनुदानका कार्यक्रमहरू सुचारु गरिने बताएका छन् । शुक्रवार पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा
समाचार

अफिम खेती गर्ने दुई महिला पक्राउ

रामेछाप । जिल्लाको सुनापति गाउँपालिका– ३ मा (लागु औषध) अफिमको खेती गर्दै आएका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय रामेछापले गत २५ गते पक्राउ गरेको हो । सुनापती गाउँपालिकामा ६ रोपनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *