समाचार

सुनापति गाउँपालिका र मन्थली नगरपालिकाका द्धरा राहत सामाग्री हस्तान्तरण

रामेछाप । सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । दोरम्बा शैलुङ गाउँपालिकामा गत शनिवार राति लेखर्कमा आएको पहिरो पिडितहरुको लागी सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । अबिरल बर्षाको कारण पहिरोमा परि बिस्तापित घरपरिवारलाई सुनापति गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङ र उपाध्यक्ष गीता बिष्टले ३० केजीको चामल ५० बोरा, ५ बाकस तेल र ५० केजीको दाल १ बोरा दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोत्तान लाई हस्तान्तरण गरेका हुन् । राहत सामाग्री हस्तान्तरणमा वडा अध्यक्ष धु्रब चौलागाई लगायतको उपस्थिति थियो ।


त्यस्तै मन्थली नगरपालिकाकाले पनि राहत सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिका नगर प्रमुख लव श्रेष्ठ र पालिका प्रवत्ता गोपाल श्रेष्ठबाट दोरम्बा शैलुङ गाउँपालिका मैनकुमार मोत्तान लाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो । गत भदौ ९ गते (आइतबार) बिहान करिब ३ बजेको समयमा गएको पहिरोमा परी ३ घर बगाँउदा र १ घर पुरिँदा हराइरहेका १० जना मध्ये बुधवार सम्म ८ जनाको सनाखत भैसकेको छ ।
विस्थापित व्यक्तिहरूलाई तत्कालका लागि दोरम्बा शैलुङ गाउँपालिकाले पालिकाको केन्द्र समेत रहेको टोकरपुरस्थित कण्ठेश्वर विद्यालयमा बसोबासको व्यवस्था गरेको छ । पहिरोका कारण ३४ घर विस्थापित भएको छ । विस्थापित ३४ घरका १८० जनालाई तत्कालको लागि विद्यालयहरूमा खाने, बस्ने व्यवस्था गाउँपालिकाले गरेको छ ।

Shares:

Related Posts

समाचार

संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका भयो प्रथमरामेछाप । जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक
समाचार

एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन गर्ने

रामेछाप पौष १८ । जिल्लाको उमाकुण्ड गाउँपालिकाले एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन गर्ने बताएको छ । गाउँपालिकाका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको संयुक्त बैठक प्रश्चात
समाचार

स्थानिय कच्चा पदार्थ प्रयोग गर्दै, दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका

रामेछाप । पछिल्लो समय लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि दिइन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि रामेछाप नगरपालिकाले दुना–टपरी गाँस्न सिकाउन तालिम नै संचालन गरेको छ । सालको पातबाट बनाइने
समाचार

निगमको नियम विपरित संचालनमा ‘शुभ समृद्धि’

रामेछाप । नेपालको संविधानले प्रत्येक नागरिकलाई उपभोक्ताको हक प्रदान गरेको छ। तर, रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित शुभ समृद्धि आयल स्टोर प्रा.लि. का हकमा यो संवैधानिक ग्यारेन्टी केवल कागजको खोस्टो सावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *