समाचार

मन्थली अस्पतालले गर्यो टेलिमेडिसिन सेवा सुरु

रामेछाप । जिल्लाको मन्थली नगरपालिका– १ को मन्थली अस्पतालले जिल्लामा पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। बिरामीलाई धुलिखेल अस्पतालमा रहँदै आएका विशेषज्ञ चिकित्सकबाट परामर्श लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको छ ।
मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीर क्षेत्रीले लामो समयको प्रयास पछि शुक्रवार देखि मन्थली अस्पतालमा टेलिमेडिसिन सेवा सुरु भएको र धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति विभागका विशेषज्ञ चिकित्सकसँग समन्वय गरी सेवा प्रदान गरिएको बताए । लामो समय कुर्नु नपर्ने र बिरामीले स्त्री तथा प्रसूति रोगका विशेषज्ञ चिकित्सकसँग परामर्श लिन पाउँदा यो सेवा देखि सेवाग्राही खुसी भएका उनले बताए । उनका अनुसार शुक्रवार पहिलो दिन ७ जनाले टेलिमेडिसिन सेवा लिए ।
अस्पतालमा आएका बिरामीहरूलाई सिधै धुलिखेल अस्पतालका चिकित्सकसँग सम्पर्क गर्ने र बिरामीले आफ्नो बिरामको लक्षण बताए पछि धुलिखेलमा रहेका चिकित्सकले औषधी तथा रोग तथा उपायका बारेमा बताएका थिए ।
अब बिरामीको माग अनुसार समय मिलाएर यो सेवालाई निरन्तरता दिने अस्पतालले जनाएको छ। यो सेवालाई धेरै भन्दा धेरै प्रचारप्रसार गरी दुरदराजका नागरिकलाई मन्थली अस्पतालबाट नै विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह गर्ने मन्थली अस्पतालको तयारी छ ।
नेपालमा टेलिमेडिसिन सेवा नौलो विषय भने होइन। तर रामेछापमा भने यो पहिलो हो । सरकारी तवरबाटै यो सेवाको सुरुवात स्वास्थ्य सेवा अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले सन् २०१० मा २५ र सन् २०१२ मा थप ५ गरी ३० दुर्गम जिल्लाहरूबाट सञ्चालनमा ल्याएको थियो। सरकारी स्तरबाट सञ्चालित यो सेवा २–३ वर्षमै स्थगित भए पनि अन्य केही संस्थाहरूबाट आफ्नै प्रयासमा यो सेवा अहिले पनि सुचारु रहेको पाइन्छ। हाल धेरै सरकारी अस्पतालहरूमा पनि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुले विभिन्न एप्लिकेशन तथा सामाजिक सञ्जालहरूमा समूह बनाई, उपचारको क्रममा सरसल्लाह र परामर्श लिई बिरामीहरूलाई यथास्थानबाट सेवा दिएको पाइन्छ र यो युवा चिकित्सकहरू माझ निकै लोकप्रिय पनि छ।
टेलिमेडिसिन अर्थात् दूर–चिकित्सा, चिकित्सा क्षेत्रमा भएको नवीनतम विकासहरूमध्ये पर्दछ। सामान्य हिसाबमा बुझ्ने हो भने विभिन्न प्रविधिको प्रयोग गरेर एक ठाउँको बिरामीलाई अर्को ठाउँको चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श लिएर उपचार गर्नुलाई नै टेलिमेडिसिन भनेर बुझ्नु पर्दछ। यसको दायरा एउटा सामान्य मोबाइलमा गरिने परामर्शदेखि लिएर, भिडिओ कन्फ्रेन्स, वेबिनार आदिसम्म हुन सक्छ।

Shares:

Related Posts

समाचार

कृषल कन्ट्रक्शनको काम, मर्मतको एक महिनामै उप्कियो कालोपत्रे

रामेछाप । खिम्ती फर्पू नामाडी सडक मर्मत गरेको एक महिना नबित्दै भत्किन थालिसकेको छ । खिम्ती फर्पू नामाडी सडकको नामाडी बजार नजिकै सडकमा काम सकेको एक महिना नबित्दै कालोपत्रे उप्किन
समाचार

बचतकर्ताको पैसामा मेरो माइक्रोफाइनान्सको कब्जा, फिर्ता मागेको १८ महिनासम्म भएन बचत फिर्ता

रामेछाप । गरिबको घरदैलोमा बैंकिङ सेवा भन्ने नारा बोकेर गाउँ पसेका लघुवित्तहरू कसरी सर्वसाधारणको रगत चुस्ने संयन्त्र बनिरहेका छन् भन्ने एउटा चित्र रामेछापको मन्थलीमा सार्वजनिक भएको छ। मेरो माइक्रोफाइनान्स लघुवित्त
समाचार

ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन, सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

सोलुखुम्बु पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणारामेछाप । जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाका सबै (१४ वटा ) वडाहरूलाई एकैसाथ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। बुधवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *