समाचार

प्रगतिशील मावि भिरपानीको हीरक महोत्सव सम्पन्न

रामेछाप — खाँडादेवी गाउँपालिका–३ स्थित प्रगतिशील माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६०औँ वर्षगाँठ (हीरक महोत्सव) शनिबार भव्य रूपमा मनाएको छ। आयोजित विशेष समारोहबीच गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले महोत्सवको समुद्घाटन गरेका थिए।
महोत्सवको अवसरमा विद्यालयले स्मारिका विमोचन गर्नुका साथै विद्यालयलाई सहयोग पुर्‍याउने चन्दादाताहरूको नामावली अङ्कित शिलालेख अनावरण गरेको छ। कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा योगदान दिने चन्दादाता, पूर्व प्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति अध्यक्षहरू तथा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक, कर्मचारी र जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
विद्यालयका प्रधानाध्यापक रामबहादुर श्रेष्ठले विभिन्न चुनौतीका बाबजुद विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले अब भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने र त्यसका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
स्थानीय अभिभावक, विद्यार्थी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।

Shares:

Related Posts

समाचार

विकासका लागि आफूले आफ्नो र अर्काको नभनी निष्पक्ष भएर भूमिका निर्वाह गर्छु, राज्यमन्त्री तामाङ

रामेछाप । राज्यको कुनै पनि संयन्त्र लाई मन्त्री हुनुवित्तिकै मागे जति बजेटको व्यवस्था हुन्छ भन्ने मानसिकता बाट मुक्त रहन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) ले आग्रह गरे ।
समाचार

माझी समुदायको लदिपुजा सकियो

रामेछाप । माझी समुदायको विशेष पर्व लदिपुजा धूमधामकासाथ यसपालि पनि मनाइएको छ । प्रत्येक वर्षको फागुन महिनाको साइँली मङ्गलबार मनाउने लदी (कोसी) पूजाको पहिलो दिन मङ्गलबार जिल्लाको विभिन्न स्थानमा बसोबास
समाचार

नेपाली काँग्रेस रामेछापले जिल्ला सम्मेलनको तोक्यो मिति

नेपाली काँग्रेस रामेछापले ३ महिना भित्र पार्टीका विभिन्न तहका सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीको अध्यक्षतामा आइतबार पार्टी कार्यालय मन्थलीमा
समाचार

माझी जातिको उत्थानका लागी मझेसाबा पुनर्गठन हुदैं

रामेछाप । माझी जातिको उत्थानका लागी मझेसाबा पुनर्गठन गरिएको छ । मझेसाबालाई हालको युवा पुस्ताले क्रियाशील बनाउँदै माझी जातिको उत्थान र सशक्तीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले मझेसाबा पुनर्गठन गरिएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *