समाचार

रामेछापमा घर फोडेर चोरीगर्ने एकै दिन दुई स्थानबाट तिन चोर पक्राउ

रामेछाप — घर फोडेर नगद, सुन र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनापति शैलुङ गाउँपालिका–४ का २९ वर्षीय आटी तामाङ र ३७ वर्षीय फेमस तामाङ रहेका छन्।
प्रहरीका अनुसार दोरम्बा शैलुङ गाउँपालिका–७ खापुस्थित बमबहादुर नगरकोटीको घरमा कोही नभएको मौका छोपी ढोकाको ताल्चा फुटाएर दराजमा राखिएको नगद १५ हजार रुपैयाँ र आधा तोलाको सुनको तिलहरी चोरी भएको थियो। त्यस्तै सोही गाउँपालिका–६ का सुकदेव गौतमको घरको ढोका फुटाएर एचपी कम्पनीको ल्यापटप र ३ हजार रुपैयाँ नगद समेत चोरी भएको खबर प्राप्त भएको थियो।
घटनापछि प्रहरीले खोजतलास तीव्र पारेको थियो। प्रहरी चौकी गौश्वरा र प्रहरी चौकी दोरम्बा, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली र दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रविण तामाङ सहति स्थानियहरु मिलेर शनिबार बिहान करिब ९ बजे दोरम्बा शैलुङ गाउँपालिका–१ खोलाखर्कस्थित शैलुङ जाने बाटोमा शंका लागेर मोटरसाइकल जाँच गरेको थियो।
बा ६३ प ३९५ नम्बरको मोटरसाइकल चलाइरहेका आटी तामाङ र पछाडि सवार फेमस तामाङको साथमा रहेको कालो झोलाभित्र खोजी गर्दा चोरी भएको सामानहरू फेला परेको प्रहरीले जनाएको छ। झोलाभित्र नगरकोटीको घरबाट चोरी भएको सुनको तिलहरी र नगद तथा गौतमको घरबाट चोरी भएको एचपी कम्पनीको ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानहरू स्थानीयको रोहबरमा मुचुल्का बनाएर कब्जामा लिइएको र दुवै जनालाई पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

तेस्तै रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ माथिल्लो खिम्ती बजारमा चिया–खाजा पसल फुटाएर करिब १७ हजार रुपैयाँ बराबरका सामान चोरी भएको छ।
स्थानीय ५० वर्षीय बद्रीबहादुर थापाले सञ्चालन गर्दै आएको टिनको बार लगाई जस्ताले छाएको कच्ची टहरामा रहेको पसलको ढोकाको ताल्चा फुटाई भित्र रहेका बियर, लिची जुस, चुरोट र रेडबुललगायत सामान चोरी भएको प्रहरीले जनाएको छ । घटना फागुन २८ गते अपराह्न करिब ३ बजेतिर भएको बताइएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी को टोली खिम्ती प्रहरी चौकी बाट प्रहरी सहायक निरीक्षक भोला काजी तामाङको कमाण्डमा खटिएको थियो। प्रहरीले चोरीमा संलग्न रहेको आशंकामा सोही स्थानका २१ वर्षीय विनोद थापालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याई म्यादथप गरि अनुसन्धान गरिरहेको जनाएको छ।

Shares:

Related Posts

समाचार

गोकुलगंगा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा उत्कृष्ट

रामेछाप । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको ताजा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा रामेछापका आठ स्थानीय तहमध्ये गोकुलगंगा गाउँपालिकाले ९२ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामै
समाचार

कृषल कन्ट्रक्शनको काम, मर्मतको एक महिनामै उप्कियो कालोपत्रे

रामेछाप । खिम्ती फर्पू नामाडी सडक मर्मत गरेको एक महिना नबित्दै भत्किन थालिसकेको छ । खिम्ती फर्पू नामाडी सडकको नामाडी बजार नजिकै सडकमा काम सकेको एक महिना नबित्दै कालोपत्रे उप्किन
समाचार

माझी जातिको उत्थानका लागी मझेसाबा पुनर्गठन हुदैं

रामेछाप । माझी जातिको उत्थानका लागी मझेसाबा पुनर्गठन गरिएको छ । मझेसाबालाई हालको युवा पुस्ताले क्रियाशील बनाउँदै माझी जातिको उत्थान र सशक्तीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले मझेसाबा पुनर्गठन गरिएको हो
समाचार

रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत ८० करोड बढिको बजेट

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका प्रमुख लव श्री न्यौपानेले

Leave a Reply

Your email address will not be published. Required fields are marked *