समाचार

चेपाङको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्रीले दिए २ लाख

हेटौँडा– राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरुको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
सुत्केरी श्रीमतीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि राक्सिराङ गाउँपालिका र नेपाली काँग्रेस राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गर्दै काम थालनी गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै बानियाँले आफ्नो तलब भत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेका थिए । सोही घोषणाबमोजिम राक्सिराङको चेपाङ र मनहरीको एक विपन्न दलित महिलाको घर निर्माण सुरु भएको छ ।
दसैँअघि नै दुबै घर निर्माण सक्ने गरी काम गर्न मुख्यमन्त्री बानियाँले स्थानीय जनप्रतिनिधि र पार्टी नेताहरुलाई निर्देशन दिएका छन् । राक्सिराङ १ का सुमनसिंघको २ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम भएको घर दशैँअघि नै निर्माण सम्पन्न गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । उक्त घर बनाउन खर्च हुने बसै रकम मुख्यमन्त्री बानियाँले बेहोर्नेछन् । मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका –९ कि विपन्न दलित एकल मिठुमाया सुनारको पनि घर निर्माणका लागि यसअघि नै पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरिसकेका छन् ।

Shares:

Related Posts

समाचार

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँ

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँरामेछाप । रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले
समाचार

बागमतीको बजेटमा फेरि उपेक्षित रामेछाप, जिल्ला वासी निराश, मौन बसे प्रदेश सांसदहरू

रामेछाप, असार ३ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट भाषण सोमबार सार्वजनिक भयो । तर, उक्त बजेटमा रामेछाप जिल्ला फेरि पनि उपेक्षित देखिएको छ। सडक, स्वास्थ्य, शिक्षा,
समाचार

थालियो बीपी राजमार्गमा थप मर्मतका काम

काभ्रेपलान्चोक । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणारामेछाप । जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाका सबै (१४ वटा ) वडाहरूलाई एकैसाथ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। बुधवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *