अन्यसमाचार

सरकार र सुनचाँदी व्यवसायीबीच सहमती आज बाट सुनचाँदी पसलहरु संचालन हुने

काठमाण्डौ – सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
हिजो असार २६ गते अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति भएको हो । यस सहमति भए पछि आजबाट सुनचाँदी पसलहरू नियमित सञ्चालनमा आउने भएका छन् ।
सरकार र सुनचाँदी व्यवसायीबीच भएको सहमति अनुसार, सुनचाँदी तथा रत्न आभुषणको कारोबार र त्यसमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी नीतिगत सुधारका लागि विभिन्न निर्णयहरू भएका छन् ।
स्थानीय सुनचाँदी तथा रत्न आभुषण व्यवसायीको सहज पहुँच हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्न र वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यकता अनुसार संशोधन गर्ने सहमति भएको छ ।
यस्तै सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न कानूनी तथा नीतिगत व्यवस्था, छिमेकी देशमा लाग्ने राजस्वका दरसँग सामञ्जस्यता कायम गर्नेलगायतका विषयमा सिफारिश गर्न कार्यदल गठन गर्ने सहमति पनि भएको छ । व्यवसायीहरुले विलासी करको विरोधमा करिब १ महिना देखि आन्दोलन गर्दै आएका थिए ।

Shares:

Related Posts

समाचार

गौतमले वितरण गरे १२ सय विद्यार्थीलाई न्यानो कपडा

रामेछाप । समाज सेवाको क्षेत्रमा छुट्टै  पहिचान बनाएका समाजसेवी रत्नप्रसाद गौतमले रामेछाप जिल्लाको सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत मन्थली माविका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरे । उनले सोमबार दिउँसो विद्यालय
समाचार

रामेछापमा दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास

रामेछाप । सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न मंगलबार रामेछापमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । अभ्यासमा रामेछाप नगरपालिका–८ टुँडीखेल नजिकै यात्रु बाहक बस दुर्घटना भएको थियो
समाचार

जेष्ठ नागरिक सँघ रामेछापले गर्यो असल बुहारि सम्मान

रामेछाप २४ जेठ । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका विच वीच जेष्ठ सासु ससुरालाई राम्रो हेरचाह गर्ने ९ जना बुहारी
समाचार

सुनापति गाउँपालिकाको पहिलो चौमासिक प्रगति १२.८४ प्रतिशत खर्च, १३ लाख बढी राजश्व संकलन

रामेछाप– सुनापति गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिकसम्मको अवधिमा १२.८४ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको साउन देखि कार्तिक मसान्त सम्मको अवधिमा पुँजीगत र चालु तर्फ गरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *