समाचार

नेपाली काँग्रेसको नेतृत्व परिवर्तन जरुरी छ ः केन्द्रीय सदस्य पौडेल

रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टीमा नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन्। बिहीबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसले अब नयाँ सोच, नयाँ भिजन र नेतृत्वको नयाँ पुस्ता अघि सार्नुपर्ने बेला आएको स्पष्ट पारे।
पौडेलले लोकतन्त्र र गणतन्त्रको नाममा विगतमा भएका आन्दोलनहरूले नेपाली जनताले चाहेजस्तो प्रश्नलाई उठाउन नसकेको स्मरण गर्दै भने, “जेन–जेड आन्दोलनले उठाएका मुद्दा वास्तविक र जनजीवनसँग जोडिएका थिए। तर, त्यसमध्ये कतिपय मुद्दा बाहिरी हस्तक्षेप र स्वार्थी चरित्रले कब्जा गरे। गैर–जेनजेडहरूले आन्दोलन भित्र पस्दा उत्पात मच्चियो र परिणाम स्वरूप आन्दोलनको मूल भावनालाई कमजोर बनाइयो।”
उनका अनुसार, आन्दोलनको नाममा स्वार्थको रोटी सेक्ने प्रवृत्ति व्यापक भयो। “नेपालले इतिहासमै सबैभन्दा ठूलो क्षति भोग्नु परेको अवस्था त्यहीबेला आएको हो। आन्दोलनले ल्याउनुपर्ने सुधार उल्टै अस्थिरता र विभाजनमा परिणत भयो,” उनले भने।
हालै काँग्रेसभित्र उठिरहेका विभिन्न विवाद र असन्तुष्टिलाई लिएर पौडेलले पार्टी फुटाउने हल्ला निराधार भएको बताए। उनले प्रष्ट रूपमा भने, “हामीले पार्टी फुटाउँछौं भन्ने कुरा गलत हो। मलाई यही पार्टीले मन्त्री बनाएको हो, हामी यही पार्टीमै रहनेछौं। काँग्रेसमा लोकतान्त्रिक परम्परा र संस्थागत निरन्तरता छ, त्यसलाई फुटाएर होइन, सुधार गरेर अघि बढाउनुपर्छ।” उनले पार्टी फुटाउनेभन्दा पनि आन्तरिक छलफल र विचार विमर्श आवश्यक रहेको उल्लेख गर्दै दलभित्र स्वस्थ प्रतिस्पर्धा र वैचारिक बहसको संस्कारलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
आगामी महाधिवेशनको सन्दर्भमा उनले नेपाली काँग्रेसले अब नयाँ नेतृत्व रोज्नुपर्ने आवश्यकता औंल्याए। विशेष अधिवेशन गर्ने सम्भावना नरहेको भन्दै उनले भने, “नेपाली काँग्रेसको महाधिवेशन अवधि मंसिर २१ मै सकिन्छ । विधानअनुसार नै प्रक्रिया अघि बढ्ने भएकाले विशेष अधिवेशनको कुरा उठ्दैन।”
उनले पार्टी नेतृत्वबारे थप स्पष्ट पार्दै भने, “हाम्रो सभापति शेरबहादुर देउवा दुई पटक सभापति भइसक्नु भयो । विधानले दुई कार्यकालभन्दा बढी सभापति बन्न दिँदैन। त्यसैले अब नयाँ नेतृत्व आउनै पर्छ।”
पौडेलका अनुसार पार्टीको सभापति बन्ने व्यक्तिमा विगतको योगदान मात्रै हेर्नु हुँदैन, बरु पार्टी संचालन गर्ने शैली, देश सञ्चालन गर्ने भिजन र नयाँ पुस्तालाई मार्गदर्शन गर्ने क्षमतामाथि ध्यान दिनुपर्छ।
नेपाली काँग्रेसमा नेतृत्वको बहस यतिबेला तीव्र बनेको छ। एकातिर वर्तमान सभापति देउवाको नेतृत्वमा असन्तुष्ट समूह बढिरहेको छ भने अर्कोतर्फ नयाँ पुस्ताले पार्टीलाई संस्थागत र प्रभावकारी बनाउन सक्ने नेतृत्व आउनुपर्ने आवाज उठाइरहेका छन्।
पौडेलको भनाइ यसै बहसको निरन्तरता हो। उनले काँग्रेसलाई परम्परागत शैलीको भन्दा पनि नवीन सोचको पार्टी बनाउनुपर्ने आवश्यकता जोड दिए। उनका अनुसार, काँग्रेस केवल पुरानो योगदान गनेर मात्र अघि बढ्न सक्दैन। “हामीले अब भविष्यतर्फ फर्कनुपर्छ। जनताको अपेक्षा अनुसार परिवर्तन ल्याउने नेतृत्व आउनै पर्छ,” उनले भने।
पौडेलले काँग्रेसभित्र नेतृत्व परिवर्तनको बहसलाई जनविश्वाससँग जोडेर हेरे। उनले भने, “लोकतन्त्र र गणतन्त्रका नाममा धेरै कुरा उठाइए। तर, जनता अझै पनि रोजगार, सुशासन, समानता र विकासका ठोस जवाफ खोजिरहेका छन्। काँग्रेसले यही प्रश्नको जवाफ दिन सक्ने नेतृत्व अघि ल्याउनुपर्छ।”
उनका अनुसार, नेपाली जनताले आन्दोलन र नाराभन्दा बढी स्थायित्व, सेवा प्रवाह र स्पष्ट नीति चाहेका छन्। काँग्रेसले जनताको अपेक्षाअनुसार कार्ययोजना नल्याउने हो भने वैकल्पिक शक्तिहरूले स्थान लिन सक्ने चेतावनी पनि उनले दिए।
रामेछापको मन्थलीमा भएको पत्रकार भेटघाटमा पौडेलले स्थानीय राजनीतिक कार्यकर्तासँग समेत छलफल गरेका थिए। उनले रामेछापलाई काँग्रेसको बलियो आधारभूमि बनाउनका लागि संगठनात्मक कामलाई सुदृढ पार्ने प्रतिवद्धता व्यक्त गरे।
स्थानिय कार्यकर्ताले पार्टीभित्र देखा परेका असन्तुष्टिका कारण आधारभूत संरचनामा असर परेको गुनासो राखे। त्यसको जवाफमा पौडेलले भने, “असन्तुष्टि हुनु लोकतान्त्रिक दलको स्वभाव हो। तर, असन्तुष्टिलाई सम्बोधन गर्ने तरिका र संस्थागत प्रक्रिया नै पार्टीको बल हो।”

Shares:

Related Posts

समाचार

सुमो दुर्घटना हुदाँ तीन जना घाइते

रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं. ९ पिङ्गखुरी , वरबोटमा सुमो दुर्घटना भएको छ । आज (आईतबार) बिहान अन्दाजी ०६ः५० बजेको समयमा खाँडादेवी गाउँपालिका ९ पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको
समाचार

बिर्तामा बस दुर्घट्ना हुदाँ १० जना घाईते, घाईते भएका १० जनालाई नै धुलीखेल अस्पताल रिफर गरियो

रामेछाप । जिल्लाको लिखु तामाकोशी गा.पा.वडा नं.६ बिर्ता भन्ने स्थानमा बस दुर्घटना भएको छ । दुर्घटना हुदाँ १० जना घाईते भएका छन् । गैरीबाट मन्थली तर्फ आउदै गरेको बा ५
समाचार

जेष्ठ नागरिक सँघ रामेछापले गर्यो असल बुहारि सम्मान

रामेछाप २४ जेठ । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका विच वीच जेष्ठ सासु ससुरालाई राम्रो हेरचाह गर्ने ९ जना बुहारी
समाचार

सेफ हाउस संचालकलाई राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश द्धरा अभिमुखीकरण

रामेछाप । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले मन्थलीमा हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सकेको छ । रामेछाप, सिन्धुली, दोलखा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *