समाचार

वास्थ्य क्षेत्र सबैको पहुँचमा हुनु पर्छ ः मन्त्री थापा

स्वास्थ्य क्षेत्र सबैको पहुँचमा हुनु पर्छ ः मन्त्री थापा
रामेछाप । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्र सबैको पहुँचमा हुनु पर्ने बताएका छन् । आइतबार जिल्लाको खाँडादेवी गाउँपालिका–७ टिमुमा एकीकृत स्वास्थ्य शिविर शुभारम्भ गर्दै मन्त्री मगरले हरेक नागरिकले आफ्नो स्वास्थ्य परीक्षण सहज रूपमा गराउन पाउनु पर्ने बताए । स्वास्थ्य क्षेत्रमा सबैको पहुँच होस् भनेर वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले हरेक पालिकामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।
सरकारी अस्पतालले मात्र होइन अब निजी अस्पतालले पनि गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने उनले बताए । ‘रोग लाग्दा उपचार गराउन नपाएर कसैको ज्यान नजाओस् भन्ने कुरामा सरकार सचेत छ’, उनले भने ।
समयमा नै उपचार गराउने हो भने नसर्ने रोगबाट कुनै पनि मानिसले ज्यान गुमाउनु नपर्ने मगरले बताए । समयमा नै उपचार गराउन नपाउँदा नसर्ने रोगबाट धेरै मानिसले ज्यान गुमाउनु परेको उनको भनाइ छ । वर्षमा एक पटक मात्रै शरीरको सामान्य परीक्षण गराउने हो भने पनि धेरै नसर्ने रोगबाट बच्न सकिने उनको धारणा छ । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा हरेक पालिकामा एउटा आधारभूत तहको अस्पताल बनाउनु पर्छ भनेर अभियान सुरु गरेको स्मरण गराउँदै मगरले त्यसरी सुरु गरिएका धेरै अस्पताल बनिसकेकाले अब ती अस्पताललाई टेलिमेडिसिन अस्पतालको रूपमा विकास गरिने बताए ।
यसो गर्दा कम जनशक्तिमा नै सेवा दिन सकिने उनको भनाइ छ । तीनवटै तहका सरकारले स्वास्थ्य क्षेत्रको लागि बजेट छुट्टाइरहेका भए पनि त्यसमा आपसी समन्वय भने हुन नसकेको उनले बताए । समन्वय गर्ने हो भने अहिलेकै बजेटबाट अहिले भन्दा धेरै काम गर्न सकिने उनको धारणा छ ।
प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना तथा खाँडादेवी गाउँपालिकाको समन्वयमा भएको शिविर रामेछाप अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली र मन्थली अस्पतालको सहयोगमा सञ्चालित शिविर शुभारम्भ कार्यक्रम खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको अध्यक्षतामा भएका थियो । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले रोग लागेपछि उपचार गर्ने भन्दा पनि रोग नै लाग्न नदिन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । त्यसका लागि यस्ता शिविरहरू फलदायी हुने उनले बताए ।
कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य उर्मिला सुनुवार, प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख किरण श्रेष्ठ, खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङ, राजनीतिक दलका नेताहरू, निर्वाचित जनप्रतिनिधि लगायतका सहभागिता रहेको थियो ।
शिविरमा स्वास्थ्य परीक्षण, निदान, उपचार र परामर्श, स्त्री तथा प्रसूति रोगको परीक्षण तथा उपचार, आँखा तथा दाँतको जाँच र उपचार, यौन तथा छाला रोग परीक्षण र उपचार, विभिन्न नसर्ने रोगहरूको परीक्षण तथा उपचार, ल्याब तथा एक्स–रे, भिडियो एक्स–रे लगायतका सेवाका साथै आयुर्वेदिक स्वास्थ्य सेवा समेत प्रदान गरिने स्वास्थ्य शाखा खाँडादेवीका प्रमुख ओमप्रकाश श्रेष्ठले बताए ।

Shares:

Related Posts

समाचार

लिखु गाउँपालिकाले ग¥यो पालिका गानको लागि रचनाको माग

ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाले गाँउपालिकाको गान निर्माण गर्ने उद्देश्यका साथ साहित्यकार तथा कलाकारसँग रचनाको शब्द रचनाको लागि आव्हान गरेको छ । जिल्लाको अन्य स्थानीय तहले समेत आफ्नै गाउँपालिकाको गान तयारी
समाचार

गौतमले वितरण गरे १२ सय विद्यार्थीलाई न्यानो कपडा

रामेछाप । समाज सेवाको क्षेत्रमा छुट्टै  पहिचान बनाएका समाजसेवी रत्नप्रसाद गौतमले रामेछाप जिल्लाको सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत मन्थली माविका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरे । उनले सोमबार दिउँसो विद्यालय
समाचार

शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला

रामेछाप । गोकुलगंगा गाउँपालिकाले शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला– २०८१ को आयोजना गरेको छ ।सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सहयोगमा
समाचार

घिमिरे परिवारले गरे सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा दान

रामेछाप । रामेछाप नगरपालिकाको वडा नं. ८ बाबियाखर्कामा सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय घिमिरे परिवारले जग्गा दान गरेका छन् ।उद्धवप्रसाद घिमिरेले आफ्ना नाममा रहेको ०–१४–४–४ र लिलानाथ घिमिरेले ०–८–०–०

Leave a Reply

Your email address will not be published. Required fields are marked *