समाचार

रामेछाप नगरपालिको १५ औँ नगरसभा सम्पन्न, ७३ करोड ६ लाखको बजेट

रामेछाप । रामेछाप नगरपालिका आर्थिक वर्ष २०८१÷८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगर प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी कार्की (थापा), प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे, ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू र पत्रकार, संसारकर्मीसहितको उपस्थितिमा उक्त बजेट र आगामी नीति तथा कार्यक्रम नगरका प्रवक्ता समीर कार्कीले सार्वजनिक गरे ।
संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान १४ करोड १४ लाख, सशर्त अनुदान तर्फ चालु २७ करोड ९७ लाख २० हजार, सशर्त अनुदान पुँजीगत १ करोड ८० लाख विशेष अनुदान पुँजीगत १ करोड ५० लाख, समपूरक अनुदान पुँजीगत १ करोड ५० लाख विनियोजन गरिएको प्रवक्ता कार्कीले बताए ।
राजश्व बाँडफाँड ८ करोड १३ लाख २० हजार ३३३ रुपैयाँ गरी ५५ करोड ४ लाख ४० हजार ३३३ रुपैयाँ अनुमान गरिएको छ । प्रदेश तर्फबाट प्राप्त हुने समानिकरण अनुदान १ करोड ४९ लाख ४८ हजार, सशर्त अनुदान चालु÷पुँजीगत १ करोड ७५ लाख १५ हजार, विशेष अनुदान पुँजीगत ८० लाख, समपूरक अनुदान पुँजीगत ३ करोड, बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर ७ करोड ८५ लाख १४ हजार १५० गरी १४ करोड ९० लाख १४ हजार १५० रुपैयाँ विनियोजन गरिएको पत्रकार सम्मेलनमा कार्कीले जानकारी गराए ।
नगरको आन्तरिक स्रोतबाट जम्मा १ करोड १२ लाख १४ हजार र अल्या. २ करोड गरी जम्मा ३ करोड १२ लाख १४ हजार आय हुने अनुमान गरिएको प्रवक्ता कार्कीले बताए ।

Shares:

Related Posts

समाचार

मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा रामेछाप । जिल्लाका ८ वटा स्थानिय तह मध्ये मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नेमा पहिलो भएको छ । बुधबार(आज) बागमती प्रदेशका सामाजिक
समाचार

नेपाली काँग्रेस रामेछापले महासमिति निर्वाचनको मिति तोकियो ।

रामेछाप । नेपाली काँग्रेस रामेछापले महासमितिको निर्वाचन मिति तय गरेको छ । पार्टीको आन्तरिक विवादमा कारण अनिश्चित कालको लागि स्थगित गरिएको काँग्रेस महासमिति सदस्यको निर्वाचन फागुन १ गतेका लागि तोकिएको
समाचार

स्थानिय कच्चा पदार्थ प्रयोग गर्दै, दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका

रामेछाप । पछिल्लो समय लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि दिइन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि रामेछाप नगरपालिकाले दुना–टपरी गाँस्न सिकाउन तालिम नै संचालन गरेको छ । सालको पातबाट बनाइने
समाचार

सोलुखुम्बुमा हिमपात, भकान्जे लप्सु हुँदै लामजुरा सडक अवरुद्धसोलुखुम्बु । सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु

Leave a Reply

Your email address will not be published. Required fields are marked *