समाचार

दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता २०८० शुरु

रामेछाप , २३ माघ । मन्थली नगरपालिकाले द्धारा आयोजीत दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता–२०८० आज बाट सदरमुकाम मन्थलीमा शुरु भएको छ ।
मन्थली नगर खेलकुद विकास समितिको संयोजनमा आरम्भ भएको ३ दिने नगरकप प्रतियोगिताको बुधबार मन्थली नगरप्रमुख लव श्रेष्ठले एक समारोहका वीच गर्नु हुँदै नगरपालीकाले खेल क्षेत्रमा गरेको लगानीलाई सहि ढंगले सदुपयोग गर्न पनि प्रमुख श्रेष्ठले आग्रह गर्नु भयो । खेलकुदको उद्घाटन् सत्रमा प्रमुख जल्ला अधिकारी,नगर उप प्रमुख नगरका पुर्व प्रमुख रमेश बस्ने,नेपाल पत्रकार महासंघ,रामेछाप उद्योग वाणिज्य संघ र नगर स्तरिय राजनितीक दलका प्रतिनिधिहरुले प्रतियोगीता सफलताका शुभ कामना दिएका थिए ।
उक्त प्रतियोगिता अन्र्तगत यो समाचार तयार पार्दा सम्म सहभागि १४ वडाका टीम मध्य पहिलो गेममा वडा नं ५ सुनारपानीलाई वडा नं ४ सालुको टीमले जितेको थियो । त्यसै गरि दोस्रो गेम अन्र्तगत वडा नं ६ भलुवाजोरलाई वडा नं १० चनखुले, तेस्रो गेम अन्र्तगत वडा नं ११ गेलुलाई वडा नं ७ भटौलीलेर्ला पराजित गरेको छ । उक्त खल लगतै आज दिनभर वडा नं १ र १३, वडा नं २ र ३ र वडा नं ४ र १० ले खेल खेल्ने कार्यक्रम रहेको खेल संयोजक देवेन्द्र श्रेष्ठले जानकारी दिए ।
मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल वहादुर माझीका अनुसार मन्थली नगरपालिका भित्रका १४ वडाहरुको १४ टिमहरुविच प्रतिस्पर्धा हुने उक्त खेलका लागि मन्थली नगरपालीका ले ८ लाख रुपैयाँ विनियोजन गरेको भएपनि सबै वडा कार्यालयहरुले टीमको थप ब्यवस्थापनका लागि कम्तिमा ३ लाख रुपैयाँ थप्नु पर्नै अवस्था रहेको वडा नं १२ का वडा अध्यक्ष खिलेन्द्र खत्रिले जानकारी दिए ।
आगामी २७ गते सम्म चल्ने उक्त प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय र सान्त्वना हुने प्रतियोगीहरुलाई नगद रु क्रमश एक लाख, द्धितिय हुने टीमलाई ७५ हजार र तितृय हुने टीमलाई ५० हजार, र तीस हजार नगद सहित, ट्रफि, शिल्ड, मेडल र प्रमाणपत्र दिने कार्यक्रम रहेको छ ।

Shares:

Related Posts

समाचार

डिभिजन वन कार्यालय रामेछापले निःशुल्क वितरण गर्यो मन्थलीमा २५ सय फलफूलका विरुवा

रामेछाप । फलफूल खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिभिजन वन कार्यालय रामेछापले चालु आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न जातका फलफूलका विरुवा निःशुल्क वितरण थालेको छ।हालसम्म रामेछाप नगरपालिका र मन्थली नगरपालिकामा वितरण
समाचार

मन्थली बचतको २८ औ साधारण सभा सम्पन्न

रामेछाप । जिल्लाको पुरानो सहकारी मन्थली बचत तथा ऋण सहकारी संस्थाले २८ औ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा
समाचार

नेपाली काँग्रेस रामेछापले महासमिति निर्वाचनको मिति तोकियो ।

रामेछाप । नेपाली काँग्रेस रामेछापले महासमितिको निर्वाचन मिति तय गरेको छ । पार्टीको आन्तरिक विवादमा कारण अनिश्चित कालको लागि स्थगित गरिएको काँग्रेस महासमिति सदस्यको निर्वाचन फागुन १ गतेका लागि तोकिएको
समाचार

रामेछापमा टिपर पल्टिँदा एक जनाको घटना स्थलमै मृत्यु

रामेछाप । टिपर पल्टिँदा एक जनाको घटना स्थलै मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित सेलेघाटमा टिपर पल्टिँदा चालक अन्दाजी ५० वर्षीय जयबहादुर माझीको घटना स्थान

Leave a Reply

Your email address will not be published. Required fields are marked *