समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा ठगी गर्ने भगवान कार्कि पक्राउ

रामेछाप, भदौ १४ । बाढी प्रभावितका लागि राहत संकलन गर्ने बहानामा कृत्रिम बौद्धिकता (Chat GPT) को प्रयोग गरी नक्कली बैंक स्टेटमेन्ट बनाएर रकम ठगी गर्न खोज्ने एक युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि सरकारले स्थापना गरेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाएका थिए।

कार्कीले च्याट जीपीटी (Chat GPT) को प्रयोग गरी १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउने नक्कली डिजिटल स्टेटमेन्ट तयार पारेका थिए। त्यसपछि उक्त फर्जी स्टेटमेन्टसँगै आफ्नै व्यक्तिगत क्यूआर कोड (QR Code) जोडेर सामाजिक सञ्जालमा पोस्ट गर्दै सर्वसाधारणबाट राहत रकम संकलन गर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। ‘दैवी प्रकोपको समयमा विपद्‌मा परेका नागरिकका नाममा भ्रम सिर्जना गरी व्यक्तिगत लाभ लिन खोज्नु गम्भीर अपराध हो,’ प्रहरी निरीक्षक राउतले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

प्रहरीले सर्वसाधारणलाई सामाजिक सञ्जालमा आउने यस्ता शंकास्पद खाता र क्यूआर कोडमा रकम जम्मा नगर्न र आधिकारिक निकायमार्फत मात्र सहयोग गर्न समेत आग्रह गरेको छ।

Shares:

Related Posts

समाचार

थालियो बीपी राजमार्गमा थप मर्मतका काम

काभ्रेपलान्चोक । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक
समाचार

रामेछाप नगरपालिका वडा न. ७ सुकाजोरले सम्पन्न गर्यो सार्वजनिक सुनुवाइ

घरघरमा बिरामी परीक्षण गर्दै आयुर्वेद चिकित्सालयरामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा
समाचार

रामेछापको प्याब्सनको अध्यक्षमा तिमल्सिना दोहोरिए, सामाजिक उत्तरदायित्वबाट पछि हट्यो

रामेछाप पुस १८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रामेछापको अध्यक्षमा केशव तिमल्सिना दोहोरिएका छन् । कर्कला देवी बोर्डिङ स्कुलका प्रिन्सिपल तिमल्सिना दोस्रो कार्यकालको लागि सर्व सहमतिमा अध्यक्षमा दोहोरिएका
समाचार

नागरिकको सहयोग विना गाउँपालिका समृद्धि हुदैन् – अध्यक्ष महत

रामेछाप । समाजको उन्नति, प्रगति र समग्र विकासको लागी जनप्रतिनिधिले काम गरेर मात्रै नहुने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग विना गाउँपालिकाको समृद्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *