समाचार

खुल्यो बिपी राजमार्ग सवारी साधन आवतजावत सुरु

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षाले क्षतिग्रस्त बिपी राजमार्ग शनिवारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले १९ स्थानमा डाइभर्सन निर्माण गरी सडक परीक्षण गरेपछि शनिवार बिहानदेखि राजमार्गमा सवारी साधन आवतजावत सुरु भएको जनाएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले भने, “चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्ले र माम्तीका विभिन्न स्थानमा डाइभर्सन निर्माण गरेका हौँ। साँघुरो र कमजोर ठाउँमा रातभर काम गरेर मात्र बिहान राजमार्ग सञ्चालनमा ल्याउन सम्भव भएको हो।”
रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गर्दा पूर्व–पश्चिम आवतजावतमा ठुलो समस्या सिर्जना भएको थियो। स्थानीय बस चालक रामु थापाले भने, “यसरी चाडबाड सकेर राजधानी फर्कने बेलामा सडक बन्द हुँदा यात्रुहरू र हामी सबै ठुलो असुविधामा थियौँ। सडक खुलेको खबरले राहत महसुस भयो।”
पर्वको समयसँगै मालसामान ढुवानीमा पनि समस्या परेको थियो। बिपि राजमार्गका पसल व्यवसायी गोविन्द अधिकारीले भने, “सडक खुल्दा अब सामान समयमै बजारमा पुग्नेछ। उपभोक्तालाई सुविधा मिल्ने भएको छ।”
शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन गरिएको बताए।
कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको थियो । राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । “ट्रयाक खोलीसकेर खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण ग¥यौँ र थप सुधार गर्नुपर्ने तथा साँघुरो भएको स्थानमा राति काम गरेर शनिवार बिहानदेखि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा ल्याएका हौँ”, योगेशले भने। रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो ।
पूर्वी नेपाल जोड्ने छोटो दूरीको प्रमुख मार्ग बिपी राजमार्गबाट दैनिक हजारौँ सवारी साधन आवतजावत गर्छन्। डिभिजन सडक कार्यालयले क्षतिग्रस्त सडकको स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइरहेको थियो।
राजमार्ग खुला भएपछि सवारी चाप बढेको छ। साना मोटरसाइकलदेखि ठूला बस र ट्रकहरू लामबद्ध भएर गुडिरहेका छन्। सडक खुला हुनु मात्र नभई स्थानीय जीवन पुनः सामान्य भएको महसुस गर्न सकिन्छ । व्यापारीको कारोबार सुरु भएको छ, यात्रु सुरक्षित रूपमा गन्तव्यसम्म पुगिरहेका छन्, र गाउँ–सहरको संपर्क पुनः कायम भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिहीबार सडक अवलोकन गरी डाइभर्सन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिएका थिए। त्यस पश्चात सडक निर्माणको गतिलाई द्रुत गतिमा बढाईएको थियो । जसको फलस्वरुप छोटो समयमा नै बिपि राजमार्ग पुनः संचालनमा आउन सफल भएको छ ।

Shares:

Related Posts

समाचार

रामेछापमा संविधान दिवस विविध कार्यक्रम गरि मनाउने

रामेछाप । जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीको संयोजकत्वमा बसेको जिल्लास्तरीय कार्यक्रम आयोजक समितिको बैठकले असोज ३ गते संविधान दिवस २०७२ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको
समाचार

रामेछापमा दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास

रामेछाप । सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न मंगलबार रामेछापमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । अभ्यासमा रामेछाप नगरपालिका–८ टुँडीखेल नजिकै यात्रु बाहक बस दुर्घटना भएको थियो
समाचार

स्थानिय कच्चा पदार्थ प्रयोग गर्दै, दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका

रामेछाप । पछिल्लो समय लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि दिइन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि रामेछाप नगरपालिकाले दुना–टपरी गाँस्न सिकाउन तालिम नै संचालन गरेको छ । सालको पातबाट बनाइने
समाचार

नेपाल तरुण दल रामेछापले आगलागी पीडितलाई पानी जम्मा गर्ने हिल्टेक वितरण

रामेछाप – नेपाल तरुण दल रामेछापले टाहार गाउँका आगलागी पीडितलाई पानी जम्मा गर्ने हिल्टेक ट्याङ्की वितरण गरेको छ । नेपाल तरुण दल रामेछापले विहिवार टाहारमा स्वयम् पिडित परिवारलाई १३ घर

Leave a Reply

Your email address will not be published. Required fields are marked *