समाचार

रामेछापमा संविधान दिवस विविध कार्यक्रम गरि मनाउने

रामेछाप । जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीको संयोजकत्वमा बसेको जिल्लास्तरीय कार्यक्रम आयोजक समितिको बैठकले असोज ३ गते संविधान दिवस २०७२ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
जिल्लाभरका राजनीतिक दल, सरकारी कार्यालय, सङ्घसंस्था, कलेज तथा विद्यालयहरूले नेपाल सरकारको राष्ट्रिय झण्डा नयाँ राख्ने व्यवस्था गर्न बैठकले आग्रह गरेको छ। असोज ३ गते बिहानदेखि साँझसम्म सबै निकायका कार्यालय तथा संस्थाहरूले दीप प्रज्वलन गर्ने र आफ्नो कार्यालय तथा घर–परिसरमा सरसफाइ गर्ने कार्यक्रम समेत तय गरिएको छ।
सोही दिन बिहान ९ बजे मन्थलीस्थित मदन आश्रित चोकबाट सुरु हुने ¥यालीमा जिल्ला समन्वय समिति, सरकारी कार्यालय, सरोकारवाला निकाय, विद्यार्थी र सर्वसाधारणको सहभागिता रहनेछ। ¥यालीपछि संविधानको कार्यान्वयनको महत्वबारे अन्तरक्रिया कार्यक्रम हुने पनि समितिले जनाएको छ।
संविधान दिवसकै अवसरमा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिने निर्णय भएको छ। साथै, भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने कार्यक्रम पनि आयोजना गरिने बैठकले निर्णय गरेको छ।
यस निर्णयमा सहभागी राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्था र सरोकारवाला निकायका प्रमुखहरूको हस्ताक्षर गरिएको छ।

Shares:

Related Posts

समाचार

प्रेस चौतारी विशेष पत्रकारिता पुरस्कार वि.क.लाई

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको विशेष पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार लेख बहादुर वि.क.सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल रामेछाप कमिटीले हरेक वर्ष प्रदान गर्दै आइरहेको विशेष पत्रकारिता
समाचार

खाँडीबाट फर्केर खेती किसानीमा लागे कुलबहादुुर

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.– १ को गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले घरपरिवारको आर्थिक स्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे खाँडी मुलुक तिर
समाचार

संघीय कानुन हुदाँहुदै नगरपालिकाको कार्यविधिमा प्रधानाध्यापक नियुक्ति गर्दै

रामेछाप । शिक्षा नियमावली २०५९को नियम ९३ ले विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ। तर मन्थली नगरपालिकाले संघीय कानुन सँग बाझ्ने गरी प्रधानाध्यापक व्यवस्थापन
समाचार

बीपी राजमार्ग एक महिनाका लागि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुलीखण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ साढे ६ बजेदेखि बिहान

Leave a Reply

Your email address will not be published. Required fields are marked *