रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका उपप्रमुख बस्नेतले आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिईन ।
त्यस्तै चालु आर्थिक वर्ष ०८१/०८२ मा हाल सम्म ६७.९४ प्रतिशत बजेट खर्च भएको छ ।
सोमबार सम्पन्न १७ औँ नगर अधिवेशन एवं नगर सभामा नगर प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, नगर सभा सदस्य लगाएतको उपस्थिति रहेको थियो ।
जिल्लामा ठूलो बजेट प्रस्तुत गर्ने मन्थली नगरपालिका, १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत १ अर्ब बढीको बजेट
Shares: