रामेछाप । नेपाल रेडक्रस रामेछापले सञ्चालन गरिरहेको ब्लड बैकको लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरेको छ । ब्लड बैङ्कका लागि आवश्यक पर्ने एउटा फ्रिज उपलब्ध गराउन रेडक्रसले वाग्मती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरलाई माग गरेको हो । ब्लड बैङ्कको निरीक्षण गर्न मन्थली स्थिति रेडक्रसको कार्यालयमा पुगेका मगरलाई नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले सहयोगको माग पत्र बुझाएका हुन् ।
यस आर्थिक वर्षको बजेट बनिसकेको कारण के कसो गर्न सकिन्छ भन्ने बारेमा हेर्नुपर्ने भन्दै मन्त्री मगरले यस आर्थिक वर्षको बजेटमा सकिएन भने पनि अर्को आर्थिक वर्षको बजेटमा त्यसको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
रामेछापमा रेडक्रसले सञ्चालन गरेको एउटा मात्र ब्लड बैङ्क छ । मन्थली र रामेछाप अस्पतालमा अप्रेसन गर्ने बिरामीले यहीँको रगत प्रयोग गर्दै आएका छन् । रगत अभाव हुँदा जिल्ला बाहिर पनि यहाँको रगत पठाउने गरिएको रेडक्रस रामेछापले जनाएको छ ।
नेपाल रेडक्रस रामेछापले ब्लड बैैंकका लागि सहयोग गर्न माग
Shares: