समाचार

बृहत् रामेछाप महोत्सव ११ लाख बढी घाटामा
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ मन्थली ११ लाख बढी घाटामा रहेको छ । संघले गत पुष २६ देखि माघ ७ गते सम्म आयोजना गरेको बृहत् रामेछाप महोत्सव–२०८० को आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्दै संघले आफू घाटामा रहेको जानकारी गराएको छ ।
आम्दानी खर्चको विवरण अनुसार– महोत्सवमा कुल १५ लाख ८२ हजार ७ सय २६ रुपैयाँ आम्दानी भएको र २७ लाख ३० हजार ४ सय ३ रुपैयाँ खर्च भएको संघका कोषाध्यक्ष झनक बहादुर बुढाथोकी (उत्तम) ले बताए । महोत्सवका लागि कुल उठ्नु पर्ने लक्षित रकम रु ३४ लाख १९ हजार ५ सय ९० भए पनि हाल सम्म रु १५ लाख ८२ हजार ७ सय २६ रुपैयाँ मात्र उठेको र १८ लाख ३६ हजार ८ सय ६४ रुपैयाँ अझै उठ् बाँकी रहेको पनि उनले बताए ।
महोत्सवबाट लिएको लक्ष ८० प्रतिशत पुरा भएको संघका अध्यक्ष नवीन थापामगरले बताए । मगरले भने – महोत्सवबाट धेरै पाठ सिकाई भएको छ । पूर्व तयारी कम भएको हामीले महसुस गरेका छौँ । आगामी दिनमा यस्ता कार्यक्रमहरू गर्दा राम्रो सँग पूर्व तयारी गरेर कार्यक्रमको आयोजना गर्छौँ ।
जिल्लाको सुस्ताएको बजारलाई आर्थिक रूपबाट केही हद सम्म माथि उठाउन अपेक्षाले गरिएको महोत्सव मार्फत जिल्लाको कला संस्कृति लाई पहिचान गराउँदै विभिन्न कृषि उपजहरुको राम्रो व्यापार भएको संघका निवर्तमान अध्यक्ष एवं बृहत् रामेछाप सांस्कृतिक महोत्सव मूल समारोह समितिका संयोजक केशव प्रसाद घिमिरेले बताए ।
सञ्चार क्षेत्रले महोत्सवका बेला गरेको सहयोगको संघले स्व मूल्याङ्कन गर्नुपर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेलले बताए । ढुंगेलले भने – महोत्सवको आम्दानी खर्च सार्वजनिक गर्न ढिला भयो । आम्दानी खर्च सार्वजनिक गर्न ढिला हुँदा समेत उठ्नु पर्ने रकम उठी नसक्नु संघ आफ्नो काम प्रति जिम्मेवार नहुनु हो ।
१८ लाख ३६ हजार ८ सय ६४ रुपैयाँ अझै उठ् बाँकी रहेको संघले बताए पनि कहाँ कहाँबाट उठ्न बाँकी छ त्यो बारे भने संघ पारदर्शी हुन चाहेन ।

Shares:

Related Posts

समाचार

एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित

रामेछाप । एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित भएका छन् । आन्दोलन स्वरूप शिक्षकहरूले शिक्षा तथा समन्वय इकाई रामेछापमा ज्ञापन पत्र बुझाएका छन् । उत्तर पुस्तिका परीक्षण बापतको रकम
समाचार

मन्थली नगरपालिकाले सुरु गर्यो किसानका लागि २ दिने कृषि तथा लघु उद्यम प्रर्दशनी रामेछाप । मन्थली नगरपालिकाले मंगलवारबाट सदरमुकाम मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको आरम्भ गरेको
समाचार

महाकाली देवीको पूजा गरेर हायु जातिको सकियो दसैँ

रामेछाप । लोपोन्मुख जाति हायुले महाकाली देवीको पूजालाई महान् पर्वको रूपमा लिने गर्छन् । महाकाली देवीको पूजालाई हायु जातीले आफ्नो दसैँको रूपमा समेत लिने गर्छन् । हायुहरूको सबभन्दा ठुलो र
समाचार

नेपाली काँग्रेसको नेतृत्व परिवर्तन जरुरी छ ः केन्द्रीय सदस्य पौडेल

रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टीमा नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन्। बिहीबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसले अब नयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *