विचार

टार गाउँमा आगलागी बाट १४ घर, १२ गोठ जले

रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा आज (बिहिबार) बस्ती नै रित्तिने गरी भिषण आगलागी भएको छ । आगलागी बाट १४ घर, १२ गोठ जलेर नष्ट भएका छन् । आगलागी बाट ६० वटा खसीबाख्रा, २ वटा भैंसी र १ गोरुको जलेर मरेका छन् र अन्य केही पशु चौपाय घाईते भएको सोही वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । बुधबार देखी हर्दिनी जगंल बाट लागेको आगो नियन्त्रण नहुदाँ सो आगो ठुलो हावाहुरीका कारण बस्तीमा प्रवेश गरी आगलागी भएको श्रेष्ठ बताए ।
अहिले वस्तिको लागेको आगो नियन्त्रणमा आएको छ । नेपाली सेना, डिभिजन वन कार्यालयका अग्नी नियन्त्रक टोली, मन्थली नगरपालिकाको दमकल र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा आएको हो । बाँकी क्षतिको विवरण भने अध्यान पछि मात्र बताउन सकिने श्रेष्ठले बताए ।

Shares:

Related Posts

विचार

आगलागी पीडितलाई जीवन विकास र माहुलीको सहयोग

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका ९ राताटारका अग्नि पीडितलाई जीवन विकास लघुवित्तले ओढ्ने,ओछ्याउने सामाग्री उपलब्ध गराएको । सोही वडाको भिमसेनथानमा कार्यालय रहेको संस्थाले १३ घर अग्नि पीडितलाई सामाग्री उपलब्ध गराएको
अन्य

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् । क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *