समाचार

गोकुलगंगा माविको मनायो स्वर्ण जयन्ती

रामेछाप । जिल्लाको गोकुलगगा गाउँपालिका वडा नं. ३ पात्ले डाँडामा स्थापित गोकुलगंगा माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्ती मनाउन प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले गोकुलगंगा आइपुगेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सभामुख घिमिरेले गोकुलगंगा गाउँपालिका प्रकृति, भूगोल, कृषि उत्पादन, जलविद्युत, पर्यटन, जडीबुटी लगायत अनेकौँ सम्भावना भएको गाउँपालिका भएकोले यसलाई आम्दानी सँग जोड्नु पर्ने बताए । सभामुख घिमिरेले शिक्षा ऐन छलफलमा भएकोले चाडै पास हुने बारे समेत जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ, प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ, गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खडका लगायतले आ– आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, जिल्ला समन्वय चिना कार्की, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू लगायतको समेत उपस्थिति थियो ।
कार्यक्रममा विद्यालय स्थापना गर्ने प्रधानाध्यापकका आफन्त, विद्यालय व्यवस्थापन समितिका अध्यक्षका आफन्त, शिक्षक लगायतलाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रममा भिमबहादुर बस्नेतले जुनकिरण भिमअप्सरा बस्नेत अक्षयकोष समेत स्थापना गरे । सो कोषका लागी बस्नेतले ६ लाख ५ हजार ५ सय पचपन्न रुपैयाँको चेक समेत हस्तान्तरण गरे ।

Shares:

Related Posts

समाचार

रामेछापमा संविधान दिवस विविध कार्यक्रम गरि मनाउने

रामेछाप । जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीको संयोजकत्वमा बसेको जिल्लास्तरीय कार्यक्रम आयोजक समितिको बैठकले असोज ३ गते संविधान दिवस २०७२ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको
समाचार

फोनिज रामेछापले मनायो २६ औं स्थापना दिवस, दुई पत्रकार सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २६ औं स्थापना दिवसको अवसरमा दुई वरिष्ठ पत्रकारलाई नगदसहित सम्मान गरेको छ। शनिबार मन्थलीमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति र खोज पत्रकारितामा
समाचार

माझी जातिको उत्थानका लागी मझेसाबा पुनर्गठन हुदैं

रामेछाप । माझी जातिको उत्थानका लागी मझेसाबा पुनर्गठन गरिएको छ । मझेसाबालाई हालको युवा पुस्ताले क्रियाशील बनाउँदै माझी जातिको उत्थान र सशक्तीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले मझेसाबा पुनर्गठन गरिएको हो
समाचार

रामेछाप नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न वित्तीय प्रगति १८.४ प्रतिशत

रामेछाप । रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु तर्फ रु ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ र पुँजीगत तर्फ रु २५ करोड २१ लाख ६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *