समाचार

रामेछाप नगरपालिकाको चालु आर्थिक वर्षमा ३३.९१ प्रतिशत रकम खर्च

रामेछाप । चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिना बित्दा जिल्लाको रामेछाप नगरपालिकाको विकास खर्च जम्मा १३ दशमलव ४५ प्रतिशत मात्रै भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नगरपालिकाले चालु तर्फ ४४ दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको हो ।
आईतबार नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमा चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा २६ करोड ७ लाख ५५ हजार ६ सय ९४ रुपैयाँ अर्थात ३३.९१ प्रतिशत रकम खर्च गरेको प्रतिवेदन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले प्रस्तुत गरे ।
प्रमुख प्रशासकिय अधिकृत चापागाईले यो अवधिसम्म चालु तर्फ ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ रुपैया बजेट रहेकोमा २२ करोड ६४ लाख २३ हजार १ सय ८ रुपैया अर्थात ४४ दशमलव ०९ प्रतिशत बजेट खर्च भएको बताए । पुँजीगत तर्फ २५ करोड ५१ लाख ६५ हजार ८ सय २८ रुपैया बजेट रहेकोमा ३ करोड ४३ लाख ३२ हजार ५ सय ८६ रुपैया अर्थात १३ दशमलव ४५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत चापागाईले बताए ।
यो अवद्यिसम्म नगरपालिका तथा वडाले विभिन्न शिर्षकमा ७० लाख ७८ हजार राजश्व संकलन गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरुसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई र सम्बन्धित वडाका वडाअध्यक्षले दिएका थिए ।

Shares:

Related Posts

समाचार

भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मन्थली नगरपालिका–२ कठजोरस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण गरेका छन्।शुक्रबार विद्यालय परिसरमै आयोजित एक विशेष
समाचार

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आउँदै मतपत्ररामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको
समाचार

बन्दै गरेको पक्की पुल भाँचियो

रामेछाप । जिल्लाको मन्थली नगरपालिका - ६ कुनौरी र वडा न. ७ ठेडिखोला जोड्ने पक्की पुल भाँचिएको छ । निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै तामाकोशी नदिमा बन्दै गरेको पुल भाँचिएको
समाचार

पुर्ण रुपमा चार घर सहित हावाहुरीका कारण एक दर्जन घरमा क्षति

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँमा हावाहुरीले क्षति पु¥याएको छ । शनिबार दिउँसो आएको तीव्र गतिको हावाहुरीका कारण एक चर्च र तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने अन्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *